नारायणहिटीमा रेष्टुरेन्ट निर्माण रोक्न मन्त्री प्रेम आलेको ठाडो आदेश - Himal Post Himal Post
  • १० पुष २०८१, बुधबार
  •      Wed Dec 25 2024
Logo

नारायणहिटीमा रेष्टुरेन्ट निर्माण रोक्न मन्त्री प्रेम आलेको ठाडो आदेश



काठमाडौं- नारायणहिटी दरबार संग्रहालयभित्र रेस्टुरेन्ट निर्माण कार्य तत्काल रोक्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले निर्देशन दिएका छन् ।

नारायणहिटी दरबार संग्रहालयभित्र रेस्टुरेन्ट निर्माण कार्यले विवाद हुन गएको भन्दै आलेले रोक्न निर्देशन दिएका हुन् । यो निर्देशनसँगै बतास अर्गनाइजेसन अन्तर्गत बी म्यानेजमेन्टले दरबार संग्रहालयभित्र बनाइरहेको रेस्टुरेन्टको निर्माण कार्य अब रोकिने भएको हो।

विभिन्न मिडियामा समाचार आएपछि उक्त निर्णय भएको बताइएको छ । मन्त्री आलेको निर्देशन पछि नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिले बी म्यानेजमेन्टलाई पत्र लेख्दै जारी निर्माण कार्य रोक्न भनेको छ।

पत्रमा लेखिएको छ, “सञ्चारमाध्यमहरुमा आएका समाचारका कारण विवाद सृजना हुन गएकाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको मौखिक आदेश बमोजिम अर्को आदेश नभएसम्मका लागि निर्माण कार्य रोक्न हुन जानकारी गराइन्छ।”

संग्रहालयभित्र रेस्टुरेन्ट निर्माण गर्ने योजना तत्कालिन पर्यटनमन्त्री योगेश भट्टर्राईको पालामा सुरू भएको थियो ।