कान्तिपुरको नयाँ प्रधान सम्पादक नारायण वाग्ले - Himal Post Himal Post
  • ४ फाल्गुन २०८२, सोमबार
  •      Mon Feb 16 2026
Logo

कान्तिपुरको नयाँ प्रधान सम्पादक नारायण वाग्ले



कान्तिपुरको प्रधान सम्पादकमा नारायण वाग्ले नियुक्त भएका छन्।

‘पल्पसा क्याफे’ र ‘मयुर टाइम्स’ दुर्इ उपन्यासका लेखक उनी एक दशकअघि कान्तिपुरकै सम्पादक थिए। कान्तिपुर छाडेपछि केही समय उनी धुम्बाराही मिडियाद्वारा सञ्चालित दैनिकी अनलाइनकाे प्रधान सम्पादक रहे।

दैनिकीकाे प्रकाशक कम्पनी नेपाल रिपब्लिक मिडियासँग मर्ज भएसँगै वाग्ले नागरिक दैनिककाे प्रधान सम्पादक नियुक्त भएका थिए। नागरिककाे संस्थापक प्रधान सम्पादक रहेका उनी सन् २०१२ काे मे १८ का दिन नेपाल रिपब्लिक मिडियाबाट विदा भएका थिए।

पछिल्लाे समय पत्रकार वाग्ले सेताेपाटी अनलाइनका मुख्य लेखक/’कमेन्टेटर’काे भूमिकामा थिए।

वाग्ले बाहिरिएपछि कान्तिपुरको प्रधानसम्पादक सुधीर शर्मालाई बनाइएको थियो। संयोगबस कान्तिपुरको प्रधानसम्पादकबाट शर्माले राजिनामा दिएसँगै वाग्ले नै त्यही जिम्मेवारीमा आइपुगेका छन्।