सरकार ढाल्ने अन्तिम तयारीमा नारायणकाजी : यस्तो छ प्लान ! - Himal Post Himal Post
  • १ चैत्र २०८१, शनिबार
  •      Sat Mar 15 2025
Logo

सरकार ढाल्ने अन्तिम तयारीमा नारायणकाजी : यस्तो छ प्लान !



काठमाडौँ । प्रधानमन्त्री केपी ओलीमा राजनीतिको नाममा ‘र’ पनि ज्ञान नभएको ‘आत्मकेन्द्रित व्यक्तिवादी’, ‘पार्टीभन्दा, आफूलाई माथि राख्ने’, ‘मपाँइत्व’, ‘राजनीतिक चेतना शून्य’, ‘सामन्तवादी हठ’ रहेको, ‘कमल थापा जस्तै प्रतिगामी सोच रहेको, कम्युनिष्ट चरित्र एक प्रतिशत पनि नरहेको’ प्रवक्ता श्रेष्ठको बुझाइ रहेको उनी निकट स्रोतको भनाइ रहेको छ ।

श्रेष्ठले जति दिन केपी ओली प्रधानमन्त्रीमा आसीन हुन्छन् । त्यति नै देश थप बर्बादीमा जान्छ भनेर आक्रोस पनि ब्यक्त गर्दै आएका छन् । कम्युनिष्ट पार्टी विचार, राजनीति, संगठनात्मक र अलग कार्यशैलीले चल्ने भए पनि नेकपा नेपाली कांग्रेसको भन्दा पनि प्रतिगामी यात्रामा जान लागेकोले केपी शर्माको नेतृत्वको सरकारलाई ढाल्न आफूले पहल लिइरहेको आफ्ना निकट कार्यकर्तालाई प्रवक्ता श्रेष्ठले बताउने गरेको स्रोतले बतायो ।

‘प्रचण्डलाई प्रधानमन्त्री, माधवकुमार नेपाललाई पार्टी अध्यक्ष, संगठन विभाग प्रमुखसहित कार्यकारी भूमिकामा वामदेव गौतम, सम्मानित भूमिकामा झलनाथलाई लैजाने मेरो प्रस्ताव हो, यसमा सहमतिको नजिक पुगिएको छ, प्रचण्ड अमेरिकाबाट आएपछि ओलीले गम्भीर ढंगले सोचेनन् भने कडा स्टेप चालिन्छ’ भेटघाटमा गएका आफ्ना निकट नेता तथा कार्यकर्तासँग नारायणकाजीले आजभोली बताउने गरेको स्रोतले बतायो । आजको साँघु साप्ताहिकबाट ।