नारायणकाजीले भने मोदी जी माफी माग्नुस !
काठमाडौं – माओवादी केन्द्रका नेता नारायणकाजी सामाजिक संजाल मार्फत मोदीलाई गल्ति स्वीकार्न आग्रह गरेका छन । उनले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने बानी छोड्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आग्रह गरेका हुन् ।
मोदीको नेपाल भ्रमण सुरु भएको दिन शुक्रबार ट्वीट गर्दै श्रेष्ठले नाकाबन्दी र नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने काम गलत थियो भन्ने महसुस गर्ने विश्वास ब्यक्त गरेका हुन। पूर्व परराष्ट्रमन्त्री समेत रहेका नेता श्रेष्ठले गल्ती सच्याउने तत्परता देखाउने विश्वास पनि व्यक्त गरेका छन् ।
Welcome to Sri Narendra Modi,Prime Minister of India,on his state visit to Nepal.Wish for the success of the visit.lets hope that India will realize its past mistakes including blockade&interfence in internal affairs and initiate to correct it.
— NKShresthaPrakash (@nksthaprakash) May 11, 2018