भारतीय सेनाप्रमुख चढेको हेलिकोप्टर दुर्घटना, ४ को मृत्यु - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

भारतीय सेनाप्रमुख चढेको हेलिकोप्टर दुर्घटना, ४ को मृत्यु



तमिलनाडुको कन्नूरमा बुधबार सेनाको एमआई-१७ हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ। जहाँ भारतीय सेनाका चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) जनरल विपिन रावत पनि सवार थिए।

दुर्घटनामा चार जना अधिकारीको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले लेखेका छन् उनीहरुको नाम भने खुलाइएको छैन।

दुर्घटनाको भिडिओ पनि बाहिर आएको छ दुर्घटनाको अवस्था हेर्दा हेलिकप्टर पूर्ण रुपमा क्षतिग्रस्त र आगो लागेको देखिएको छ। जनरल विपिन रावतको स्वास्थ्य अवस्थाबारे अहिलेसम्म आधिकारिक रूपमा केही जानकारी आइसकेको छैन।

हेलिकप्टरमा उनकी श्रीमती पनि सवार थिए। जनरल विपिन रावतले ३१ डिसेम्बर २०१६ देखि ३१ डिसेम्बर २०१९ सम्म सेना प्रमुखको रूपमा सेवा गरेका थिए। उनले १ जनवरी २०२० मा चीफ अफ डिफेन्स स्टाफको पदभार ग्रहण गरेका थिए।

समाचार एजेन्सी एएनआईका अनुसार हेलिकप्टर सुलुर एयरबेसबाट वेलिंगटन जाँदै थियो। बोर्डमा १४ वरिष्ठ अधिकारीहरू पनि रहेका जनाइएको छ। दुर्घटनास्थलमा चिकित्सकको टोली पठाइएको छ। घटनास्थलमा सेनाका अधिकारी पनि छन्। हेलिकप्टरको ८० प्रतिशत जलेको र दुई वटा शव निकालिएको छ। उनीहरूको पहिचान गर्ने प्रयास भइरहेको छ। पहाड मुनिबाट अझै केही शव देखिएका भारतीय सञ्चारमाध्यम भाष्करले लेखेको छ।