प्रधानमन्त्री र राष्ट्रपतिमाथि उपराष्ट्रपतिले लगाए गम्भीर आरोप - Himal Post Himal Post
  • २३ माघ २०८१, बुधबार
  •      Wed Feb 5 2025
Logo

प्रधानमन्त्री र राष्ट्रपतिमाथि उपराष्ट्रपतिले लगाए गम्भीर आरोप



काठमाडौं- उपराष्ट्रपति नन्दबहादुर पुनले प्रधानमन्त्री र राष्ट्रपतिले देशलाई नै संकटमा धकेलेको बताएका छन् ।

संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरी प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको आरोप पुनले लगाए । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट भएको निर्णयविरुद्ध सार्वजनिक मञ्चमै उपराष्ट्रपति पुनले विरोध गरे ।

बुधबार काठमाडौंमा नेपाल पत्रकार महासंघको २६औं महाधिवेशन उद्घाटनका क्रममा प्रधानमन्त्री ओलीले मुलुकलाई दुर्घटनातिर धकेल्न खोजेको उपराष्ट्रपति पुनले दाबी गरेका हुन्।

‘देश यति बेला राजनीतिक संकटको भुमरीमा छ। प्रतिनिधिसभा विघटन गरिएको छ र यसविरुद्ध प्रदर्शन भइरहेको छ’, उपराष्ट्रपति पुनले भने, ‘पूर्वप्रधानन्यायाधीश, पूर्वन्यायाधीश, संविधानविद्, नागरिक, पत्रकार र सबै राजनीतिक दलले प्रतिनिधिसभा विघटन असंवैधानिक भनिरहेका छन्। यो राम्रो संकेत होइन।’

उपराष्ट्रपतिले नेपालको हरेक राजनीतिक परिवर्तनमा पत्रकारको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे। उनले श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक लागू गर्न, साना लगानीका सञ्चारमाध्यमको उठानका लागि सरकारको ध्यानाकर्षणसमेत गराएका थिए।

महासंघको विधानमा भएको व्यवस्थाअनुसार महाधिवेशन उद्घाटन समारोह सकिएको एक महिनाभित्र नयाँ कार्यसमितिका लागि निर्वाचन हुनेछ।