नमुना वडाको रूपमा विकास गर्न अग्रसर हुन आग्रह  - Himal Post Himal Post
  • १७ फाल्गुन २०८१, शनिबार
  •      Sat Mar 1 2025
Logo

नमुना वडाको रूपमा विकास गर्न अग्रसर हुन आग्रह 



बुटवल

बुटवल उपमहानगरपालिका वडा न १३ का वडा अध्यक्ष नारायण पुनले १३ न वडालाई उपमहानगरकै नमुना वडाको रूपमा विकास गर्न आफू प्रतिबद्ध रहेको बताउनु भएको छ | वडा बासी सक्रिय रूपमा र जागुरुक भएरलागेमा त्यो सम्भव हुने बताउनु भयो |

न्यु भिजन फाउन्डेसन नेपालले विक्रमको नयाँ वर्ष २०७५को शुभकामना आदान प्रदान कार्यक्रममा प्रमुख अतिथिको रूपमा सहभागी पुनले सो कुरा बताउनु भएको हो |

फाउन्डेसनका अध्यक्ष विष्णु भुसालको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा स्वागत उपाध्यक्ष ईश्वरी प्रसाद रिजालले गर्नु भएको थियो |

अध्यक्ष विष्णु भुसालले कार्यक्रममा २०७५ साल मा फाउन्डेसनले वर्ष भरी गर्ने गरी तयार पारेको कार्यक्रमको जानकारी गराउनु भएको थियो | कार्यक्रममा नयाँ वर्ष २०७५ को भित्ते पात्रो समेत लोकार्पण गरिएको थियो |

उपमहानगरपालिका कार्यपालिका सदस्य विष्णु शर्मा, वडा सदस्य वेद प्रसाद गैरे, फाउन्डेसनका सल्लाहकार सम्योजक पुर्सोत्तम बस्याल लगायतको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन उपाध्यक्ष कमल प्रसाद खनालले गर्नु भएको थियो |