नाम र केन्द्र परिवर्तन गर्दै ४५ स्थानीय तह - Himal Post Himal Post
  • २१ असार २०८३, आईतवार
  •      Sun Jul 5 2026
Logo

नाम र केन्द्र परिवर्तन गर्दै ४५ स्थानीय तह



अन्नपूर्ण : काठमाडौं ।
मुलुकभरका ४५ वटा स्थानीय तहले नाम र केन्द्र फेर्न प्रक्रिया अघि बढाएको छ। गाउँ र नगरसभाबाट निर्णय गरी उनीहरुले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पठाएको समाचार मंगलबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ।

केन्द्र परिवर्तनन लागि ताप्लेजुङको मिक्वाखोला, उदयपुरको ताप्ली, कालिकोटको नरहरिनाथ, मुस्ताङको थासाङ, दैलेखको भैरवी, पाँचथरको फाल्गुनन्द, इलामको रोङ, दाङको शान्तिनगर, डडेल्धुराको भागपेश्वर र गोरखाको धार्चे गाउँपालिका छन्।

दोलखाको गौरीशंकर, रुकुम पूर्वको पुथा उत्तरगंगा, तेह्रथुमको मेन्छ्यायेम, डोल्पाको जगदुल्ला, अर्घाखाँचीको भूमिकास्थान, सुर्खेतको सिम्ता, गुल्मीको रुरु, रौतहटको यमुनामाई, पर्साको ठोरी, भोजपुरको हतुवागढी, दार्चुलाको दुहुँ, बाँकेको जानकी, जाजरकोटको टेडागाड र पर्साका कालिकामाई गाउँपालिका पनि केन्द्र परिवर्तन गर्न लागेका हुन्।

यस्तै, पर्साकै छिपहरमाई, दार्चुलाको लेकम, पर्साको विन्ध्यवासिनी, अछामको मामारोशन, इलामको माङसेबुङ, धादिङको थाक्रे, पर्वतको मोदी, रौतहटको दुर्गाभगवती, सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका र धनुषाको कमलामाई नगरपालिकाले पनि केन्द्र परिवर्तन गर्न परिपत्र गरेकोे छ। सीमाना हेरफेर गर्ने गाउँपालिकामा ओखलढुंगाको मोलुङ गाउँपालिका छ।

नाम परिवर्त गर्न चाहने गाउँपालिकामा सिरहाको लक्ष्मीपुर पतारी, पर्साको पटेर्वा सुगौली, सर्लाहीको चन्द्रनगर, मोरङको बुढीगंगा, धनुषाको जनकपुर उपमहानगरपालिका छ।

नाम र केन्द्र दुवै फेर्न चाहनेमा दाङको राजपुर, दार्चुलाको अपी हिमाल, सप्तरीको तिलाठी कोइलाडी र पर्साको सखुवा पर्सौनी गाउँपालिका रहेको समाचारमा उल्लेख छ।