नाली निर्माणको सार्वजनिक सुनुवाई सम्पन्न - Himal Post Himal Post
  • २९ पुष २०८१, सोमबार
  •      Mon Jan 13 2025
Logo

नाली निर्माणको सार्वजनिक सुनुवाई सम्पन्न



रमित पाण्डे / लम्की ।

लम्की चुहा नगरपालिकाको सहयोग र सडक बोर्ड कैलाली २०७४/२०७५ अनुदानको सहयोगमा कैलालीको लम्की चुहा खरौलामा निर्माण गरिएको १२ सय मिटर नाली निर्माणको सार्बजनिक सुनुवाई शनिबार सम्पन्न भएको छ।

लम्की चुहा नगरपालिकाको सहयोग र सडक बोर्ड कैलालीको चालीस लाख सत्र हजार पाँच पन्चानब्बे रुपैयाँ पन्चानब्बे पैसा र जन श्रमदानको सत्र लाख चौध हजार दुई सय पचासी रुपैयाँ त्रिहत्तर पैसा को लागतमा सम्पन्न भएको हो ।

नालि निर्माण उपभोत्ता समिती अध्यक्ष टीका देबि चौधरीको अध्यक्षतामतामा भएको कार्यक्रमको प्रमुख अतिथिमा लम्की चुहा नगरपालिकाकि उपमेयर टीका थापा रहनु भएको थियो ।

कार्यक्रममा वडा नम्बर ७ का वडा सदस्य भगवानदिन चौधरी,अर्का वडा सदस्य धनिराम चौधरी,नेकपा प्रतिनिधि प्रेम भुल समाजसेवी दुबिलाल चौधरी,जिल्ला समन्वय समिती कैलाली सदस्य मिना चौधरी लगायत स्थानीयको उपस्थिति रहेको थियो । उपभोक्ता समिती कोषाध्यक्ष शंकर बजगाईको स्वागत मन्तव्य सङ्गै सुरु भएको कार्यक्रमको संचालन राजेस चौधरीले गर्नु भएको थियो ।