नक्कली नोट बनाउने मेसिनसहित चार जना सार्वजनिक - Himal Post Himal Post
  • २३ माघ २०८२, बिहीबार
  •      Thu Feb 5 2026
Logo

नक्कली नोट बनाउने मेसिनसहित चार जना सार्वजनिक



कैलाली । नक्कली नोट बनाउने मेसिनसहित पक्राउ परेका चार जनालाई जिल्ला प्रहरी कार्यालय कैलाली सार्वजनिक गरेको छ। धनगढी उपमहानगरपालिकाका विभिन्न क्षेत्रबाट नक्कली नोट बनाउने मेसिनसहित पक्राउ परेकाहरुलाई आज पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा कैलालीको चुरे गाउँपालिका- १ का २५ वर्षीय खग्रेन्द्र बम भन्ने खग्रेन्द्र रजवार, चुरे गाउँपालिका १ कै २२ वर्षीय भोज बहादुर बम, धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का २४ वर्षीय पल्लप राज भट्ट र महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका -६ का २५ वर्षीय गोकुल खड्का रहेका छन् ।

उनीहरु मध्ये तीनजनालाई फरक फरक मितिमा धनगढीबाट पक्राउ गरिएको र गोकुल खड्कालाई सिआईवीको टोलीको सहयोगमा काठमाडौँबाट पक्राउ गरिएको कैलालीका प्रहरी उपरिक्षक सुदीप गिरीले जानकारी दिए ।

उनीहरुको साथबाट खोटा नोट छाप्ने एक थान मेसिन, नोट छाप्न प्रयोग भएको दुई सय २० थान सेतो पेपरलगायतका नेपाली र भारतीय नक्कली नोट समेत बरामद गरिएको छ ।