बाबुराम भट्टराईले भीम रावललाई नक्कली पिएचडीवाला भनेपछि... - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

बाबुराम भट्टराईले भीम रावललाई नक्कली पिएचडीवाला भनेपछि…



काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले नेकपा एमालेका नेता तथा प्रतिनिधिसभा सदस्य डा. भीम रावललाई नक्कली पिएचडीको आरोप लगाएका छन्।

बाबुरामले गोप्य रूपमा एमसीसी सम्झौता गरेको भन्ने भिम रावलको अभिव्यक्त विना आधारको भएको भन्दै भट्टराईले पुष्टि गर्न चेतावनि समेत दिए।

‘यी कण भीम रावलले पीएचडी गरेको भनेर नाउको अगाडि ‘डा.’ पनि झुण्ड्याउछन् ! विद्यावारिधि गर्दा कसैवारे कुनै दावी गरियो भने त्यसको श्रोत/मिति/स्थान खुलाउनुपर्छ। उनले दावी गरेजस्तो ‘बाबुरामले गोप्य रूपमा एमसीसी सम्झौता गरेको’ हो भने कहिले, कहॉ, कसरी खुलाउनुपर्दैन? कि यी नक्कली पीएचडी हुन्?’