नक्कली प्रेस कार्ड बनाउनेबाट प्रहरीमा कोरोना सरेको पुष्टि - Himal Post Himal Post
  • २६ माघ २०८१, शनिबार
  •      Sat Feb 8 2025
Logo

नक्कली प्रेस कार्ड बनाउनेबाट प्रहरीमा कोरोना सरेको पुष्टि



काठमाडौं – काठमाडौंको बागबजारमा नक्कली प्रेस कार्ड बनाएको आरोपमा पक्राउ परेकाबाट प्रहरीमा कोरोना संक्रमण सरेको पुष्टि भएको छ ।

नक्कली प्रेस कार्ड बनाएको आरोपमा पक्राउ परेकाहरुबाट दुई जना प्रहरीमा कोरोना सरेको पुष्टि भएको हो ।

महानगरीय प्रहरी अपराध महाशाखामा कार्यरत दुइ प्रहरीमा पुष्टि भएको कोरोना तीनै पक्राउ परेका व्यक्तिबाट सरेको अनुमान गरिएको छ ।

नक्कली प्रेस कार्ड बनाउने व्यक्तिमा कोरोना संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङ गर्दा दुई जना प्रहरीमा पनि संक्रमण पुष्टि भएको छ ।

केहीदिन अगाडि बागबजारमा नक्कली प्रेस कार्ड बनाउने चार जनालाई प्रहरीले पक्राउ गरेको थियो ।