नाकाबन्दीको झल्को - Himal Post Himal Post
  • ४ माघ २०८२, शनिबार
  •      Sat Jan 17 2026
Logo

नाकाबन्दीको झल्को



मधेशी मोर्चाको तराई बन्दले  जनजीवन प्रभावित

हिमाल पोस्ट / ११ फागुन, काठमाडौं । मधेसी मोर्चाले आज मधेस बन्दको आहवन गरेको छ ।

बन्दका कारण रुपन्देहीको दक्षिणी क्षेत्रमा सामान्य प्रभाव परेको छ । नवलपरासी, कपिलवस्तुको दक्षिणी क्षेत्रहरुमा पनि यातायातका साधन कम चलेको बताइएको छ ।

मोर्चाले संविधान संशोधन मार्फत सिमांकन हेरफेर लगायतका आफ्ना माग सम्बोधन नगरी यथास्थितीमा हुने कुनैपनि निर्वाचनमा मोर्चा सहभागी नहुने केन्द्रिय नीति अनुसार भैरहवामा मसाल जुलुस निकालीएको मोर्चाका नेता महेन्द्र यादवले जानकारी दिनुभयो ।

मोर्चाको बन्दका कारण तराई मधेशका सबै जिल्लाको जनजिवन प्रभावित भएको छ । बन्दका कारण तराईका विभिन्न ठाउँ हुँदै चल्ने सवारीका साधन चलेका छैनन् । शैक्षिक संस्था र बजार पसल पनि बन्द छन् ।

सरकारले आगामि बैशाख ३१ गतेलाई स्थानीय तहको निर्वाचन घोषणा गरेसँगै मोर्चा आन्दोलित बनेको हो ।

संविधान घोषणाभएसँगै नाकाबन्दी गर्न समेत भ्याएको मोर्चाले फेरी तराई मधेशमा आन्दोलन सुरु गरेको हो ।

सरकारले बिना सहमति स्थानीय तह निर्वाचन घोषणा गरेको विरोधमा मोरङ, सुनसरी, पर्सा, रौतहट, बारा, धनुषा, सिरहा, सप्तरी, रुपन्देही, नवलपरासी, कपिलबस्तु, बाँके, बर्दिया लगायत मधेशका जिल्लाहरुमा मोर्चाका कार्यकर्ताहरुले विरोध प्रदर्शन गरेका छन् ।

लामो समयपछि मधेश आज पुनः ठप्प भएको छ । यातायातका सवारी साधानदेखि पसल बजार बन्द गरिएका छन् ।