नाकाबन्दीमा १२ हात उफ्रिने ओलीको राष्ट्रवाद खोइ ? - Himal Post Himal Post
  • १० माघ २०८२, शुक्रबार
  •      Fri Jan 23 2026
Logo

नाकाबन्दीमा १२ हात उफ्रिने ओलीको राष्ट्रवाद खोइ ?



हेटौंडा, /नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्व बाणिज्य मन्त्री मिन विश्वकर्माले प्रधानमन्त्री केपी ओलीको राष्ट्रवाद भारतीय प्रधानमन्त्री मोदीको जनकपुरदेखि मुक्तिनाथसम्मको भ्रमणमा समाप्त भएको बताएका छन ।

नेपाली काँग्रेस बाग्मती गाउँपालिकाको आयोजनामा भएको बृहत सभा तथा अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सोमबार बोल्दै केन्द्रीय सदस्य एवं पूर्व बाणिज्यमन्त्री विश्वकर्माले सुरक्षाको नाममा हातहतियारसहितको ३ दर्जनभन्दा बढी भारतीय सुरक्षाकर्मी १५ दिनभन्दा बढी नेपाल र चिनको सिमानामा बस्नुले पनि वलीको राष्ट्रबाद प्रष्टरुपमा देखिएको बताए ।

नाकाबन्दीमा १२ हात माथि उफ्रेर कुर्लने वलीले नेपाल सरकारको स्वीकृतिविनानै सुरक्षाको नाममा विदेशी भूमिमा हतियारसहित सेना भित्रन दिनु, सेक्युरिटी चेकजाँच नहुने स्थानमा भारतीय प्रधानमन्त्रीको भ्रमण गर्नु, मुख्यमन्त्रीको अराष्ट्रिय संवोधन, तोडमोड बनाएर राखिएको नेपाली झण्डालगायतले केपी वलीको खोक्रो राष्ट्रबाद छर्लङ्गै देखिएको बताए ।

त्यस्तै काँग्रेस मकवानपुरका सभापति एवं ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले ४८ सालमा काँग्रेसले अरुण तेश्रो बनाउन सुरु गर्न खोज्दा नदी बेच्न लाग्यो भनेर वल्ड बैंकको रकम रद्ध गराउने एमाले आज २७ वर्षपछि आफैंले भारतलाई बुझाउँदा केपी वलीको राष्ट्रबादी चरित्र राम्रैसंग देखिएको बताए ।

नेपाली काँग्रेसले बोलेको पूरा गर्ने र ईतिहाँस बनाउने पार्टी भएकाले दुनियाँबाट लोप भएको कम्युनिष्टले नेपालमा बोल्ने मात्रै र केही गर्न नसकेको बताए ।
शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, दलित, जनजातीको पक्षमा लडेको काँग्रेस ५ वर्ष गाउँगाउँमा पसेर विकास निर्माण काम गर्नुपर्ने बताउँदै बामले निर्वाचनमा बोलेका बाचा र घोषणापत्रका कुरा पूरा गर्छ गर्दैन हेरेर जनतालाई बुझाउन काँग्रेसीहरु लाग्नुपर्ने बताए ।

कार्यक्रममा नेकपा र राप्रपाकालगायत विभिन्न पार्टी परित्याग गरी ३८ जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । उनीहरुलाई प्रमूख अतिथि विश्वकर्माले टिका तथा खादा लगाएर पार्टीमा स्वागत गरेका थिए । कार्यक्रममा निरन्जन राईको अध्यक्षता र क्षेत्रबहादुर वाईबाको उपाध्यक्षतामा २१ सदस्यीय तरुण दल बाग्मती गाउँकमिटि गठन गरिएको छ ।