'नाजायज औलाद' भन्दै राजपाद्वारा संसद अवरुद्ध - Himal Post Himal Post
  • २३ पुष २०८१, मंगलवार
  •      Tue Jan 7 2025
Logo

‘नाजायज औलाद’ भन्दै राजपाद्वारा संसद अवरुद्ध



काठमाडौं : राष्ट्रिय जनता पार्टी, नेपालले संसद अवरुद्ध गरेको छ। संविधान संशोधनको माग पूरा नभएको भन्दै उसले संसद अबरुद्ध गरेको हो ।

संविधान संशोधनको माग पूरा गराउन सभामुखले रुलिङ गर्नुपर्ने राजपाको माग थियो। प्रतिनिधिसभाको बैठकको सुरुमा नै राजपाका सांसदहरू उभिएर बैठक अवरुद्ध गरेका थिए।

राजपाका सांसद प्रमोद साहले सरकार संघीयता विरोधी गएको पनि आरोप लगाएका थिए। संघीय सरकारका काम कारबाही संघीयता विरोधी भएको साहले आरोप लगाए। उनले भने, ‘संघीयता नाजायज ‍औलाद जस्तो भयो। नचाहँदा नचाँहदै जन्मिएको बच्चा जस्तो भयो। संघीयताको विरुद्ध संघ सरकारले काम गरिरहेको छ।’

साहले थपे, ‘बजेट विनियोजन भयो तर त्यो हेर्दा संघीयता विपरीत भएको छ। विगतमा भन्दा पनि बजेट काटिएको छ। प्रदेश र स्थानीय तहमा कर्मचारी पुगेका छैनन्। बजेट प्रदेश सरकारको काटिएको छ। प्रदेशलाई संचालन गर्ने किसिमले संघ सरकार अगाडि बढेको छ।’

प्रदेश सरकारलाई काम गर्न नदिइएको साहको भनाइ थियो। उनले भने, ‘बिना सेना, बिना प्रहरी र बिना हतियारको प्रदेश सरकार हुन्छ? यस किसिमको प्रक्रिया जुन भइरहेको छ त्यो बन्द गर्नुपर्ने हो।’

साहले संविधान संशोधन आवश्यकता र औचित्यका आधारमा हुने भनेकाले त्यो कहिले हुन्छ? भनेर प्रश्न गरेका थिए। उनको प्रश्न थियो, ‘१२५ भन्दा बढी मानिसको ज्यान जाँदासमेत प्रधानमन्त्रीले संविधान संशोधनको आवश्यकता र औचित्य देख्नुभएन?’

फाइल फोटो