ओलीको समुहमा लाग्न मेरो नैतिकताले दिन्न: प्रदीप नेपाल - Himal Post Himal Post
  • २६ माघ २०८१, शनिबार
  •      Sat Feb 8 2025
Logo

ओलीको समुहमा लाग्न मेरो नैतिकताले दिन्न: प्रदीप नेपाल



काठमाडौं- नेकपाका पुराना नेता प्रदीप नेपालले प्रचण्ड–नेपाल समुह छाडेर केपी ओली समुहलाई साथ दिन नसक्ने बताएका छन् ।

नेपाललाई फकाउन उनकै निवास गोठाटर पुगेका प्रधानमन्त्री केपी ओली पक्षलाई उनले आफूले ओली पक्षलाई समर्थन गर्न नसक्ने बताएका हुन् ।

ओली पक्षलाई साथ् दिन भन्दै नेपालको निवासमा पुगेको टोलीलाई उनले आफूले प्रचण्ड-नेपाल समुहलाई साथ् दिने भनेर हस्ताक्षर गरिसकेकोले नैतिकताका आधारमा अर्को समुहमा लाग्न नसक्ने बताएका थिए ।

आतबार विहान नेता नेपाल निवास पुगेका मन्त्री भानुभक्त ढकालले नेता नेपाललाई ओलीको पक्षमा हस्ताक्षर गर्न आग्रह गरेका थिए ।

पर्यटन,संस्कृति तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालको नेतृत्वमा पुगेको दलबलसहितको टोली प्रदीप नेपालको घर गोठाटारबाट निराश बनेर पौने १० बजेतिर बालुवाटार फर्केको स्रोतको भनाइ छ ।

नेपालको भनाई उद्धृत गर्दै स्रोतले भन्यो ‘मैले माधव कमरेडहरूको माइन्युटमा दस्तखत गरिसकेँ । अन्यत्र गर्न अब मलाई नैतिकताले पनि दिँदैन । माफ गर्नुहोस् ।’