विधानमा पदाधिकारी बैठकको कल्पना छैन, १५ दिनभित्र पूर्ण बैठक आह्वान गरियोस् - महर - Himal Post Himal Post
  • ९ माघ २०८१, बुधबार
  •      Wed Jan 22 2025
Logo

विधानमा पदाधिकारी बैठकको कल्पना छैन, १५ दिनभित्र पूर्ण बैठक आह्वान गरियोस् – महर



नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीको विधानमा पदाधिकारी बैठकको कल्पना नभएको बताएका छन्। उनले बाहिर पदाधिकारी बैठकका समाचारको आइरहेको भन्दै त्यसप्रति आपत्ति जनाउँदै विधानमै नभएको कुराको कल्पना गर्न नसकिने बताएका हुन्।

‘विधानको आशय भनेको आकस्मिक रुपमा कुनै निर्णय गर्नू परेमा कार्यसम्पादन समितिको बैठक बस्छ भन्ने हो। तर, हप्ता दिन अगाडी सूचना प्रकाशन गरेर कार्यसम्पादन समितिको बैठक बोलाइनुले सिंगो केन्द्रिय समितिको काम, कर्तव्य, गरिमा र अधिकारको नजरअन्दाज गरिएको अभास भइरहेको छ,’ उनले एक कार्यक्रममा भने ।

उनले आज बस्न लागेको कार्यसम्पादन सतितिको बैठक भातृ संस्थालगायत विषयमा विधानको भावनालाई अक्षरशः कार्यान्वयनतर्फ लैजाने र कांग्रेस केन्द्रिय समितिको पूर्ण बैठक १५ दिनभित्र बोलाउने निर्णय गर्न उनको माग छ। उनले पार्टी विधि र विधानभित्र रहेर अगाडि बढ्नुपर्ने बताएका छन्। कुनै पनि संगठनलाई अनिर्णयको बन्दी बनाउन नहुने नेता महरको ठहर छ ।

‘नेतृत्व विहित भातृ संगठनलाई गति दिनका लागि समयमै ठोस निर्णय लिन आवश्यक छ। स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा नेतृत्व विहिन भातृ र शुभेक्षुक संस्थालाई गति दिनुपर्छ। यसले स्थानीय तह निर्वाचनमा पार्टीका गतिविधिलाई सक्रिय पार्न महत्वपूर्ण भूमिका खेल्ने छ’, उनले भने।