कम्युनिष्टहरू देशका लागि दुर्भाग्य हुन्: नैनसिंह महर - Himal Post Himal Post
  • २५ माघ २०८१, शुक्रबार
  •      Fri Feb 7 2025
Logo

कम्युनिष्टहरू देशका लागि दुर्भाग्य हुन्: नैनसिंह महर



काठमाडौं- नेपाली कांग्रेसका नेता नैनसिंह महरले कम्युनिस्टहरू देशको लागि दुर्भाग्य भएको बताएका छन् । उनले समग्र नेकपा नै देशका लागि दुर्भाग्यको कारण बनेको बताए

नेपाली काँग्रेस उदयपुर क्षेत्र नम्बर–२ (क) ले आयोजना गरेको प्रदर्शनमा नेता महरले सर्बोच्च अदालतको काँधमा मुलुकलाई ध्रुबिकरणबाट रोक्ने जिम्मेवारी आएको समेत बताएका छन् । नेकपाका कारण मुलुकमा बढेको ध्रुबिकरणले थप अस्थिरता ल्याउनेमा जोड दिँदै नेता महरले अदालतले संबिधानको रक्षा गर्दै ध्रुबिकरणबाट रोक्न सक्ने बताए ।

“अदालतकाप्रति नागरिकको ठूलो आस्था र विश्वास छ” नेपाली काँग्रेसको देशव्यापी बिरोध कार्यक्रम अन्तर्गत उदयपुरको मुर्कुचीमा आयोजित कार्यक्रममा महरले भने–“सर्वोच्चको निर्णयमा जति दिन ढिलाई हुन्छ त्यत्ति नै मुलुक ध्रुबिकरणको बाटोमा अगाडि बढ्छ । यसले मुलुकमा फेरि संकट थपिदै जान्छ ।”

नेपाल विद्यार्थी संघका पूर्व अध्यक्ष समेत रहेका महरले नेकपा दुबै गुट आजको संकटमा मतियार भएको आरोप लगाए । “यो पक्ष वा त्यो पक्ष होइन, समग्र नेकपाकै कारण लोकतन्त्र संकटमा परेको हो” उनले भने– “कम्युनिष्टलाई विश्वास गर्नु नै आम नेपालीको ठूलो भ्रम थियो र हो ।”

नेपाली काँग्रेस उदयपुर क्षेत्र नम्बर–२ (क) ले आयोजना गरेको प्रदर्शनमा नेता महरले नेकपाका नेताले बाटो काटेपछि लौरो नै भाँच्ने प्रवृति देखाएको जिकिर गरे । “जुन मतदाताले नेकपालाई पत्याएर दुई तिहाइसहित सत्तामा पठाए तिनैमाथि गम्भीर अन्याय गर्ने ? नेकपाप्रति आक्रोसित हुँदै महरले भने– “अहिले नेकपाका कुनै पनि नेतालाई जनतामा जाने कुनै नैतिक बल बाँकी छैन ।”

कम्युनिष्ट शक्ति देशका लागि जहिले दुर्भाग्य भएको आरोप लगाउदै नेता महरले अहिलेको अवस्थाले त्यसैलाई पुष्टि गरेको दाबी गरे । उनले भने– कहिले जंगलमा बसेर देशमा ध्वंस मच्चाउने कहिले सत्ता र प्रतिपक्षमा बसेर मुलुकलाई भड्खालोमा पुर्‍याउँने नेपालमा कम्युनिष्ट शक्तिको विशेषता नै यही देखियो ।”

नेता महरले अहिलेको अवस्थामा कांग्रेसले सुझबुझ नपु¥याए देशले थप क्षति व्यहोर्नुपर्ने र व्यवस्थामाथिको संकट नटर्ने दाबी समेत गरे । “नेकपाले त देशलाई खाल्डोमा हालिसक्यो”महरले भने–“अब जोगाउने जिम्मा कांग्रेसको हो र हामी त्यसका लागि तयार छौं ।”