नैकापमा युवतीको हत्या
काठमाडौँ । शुक्रवार दिउँसो साढे तीन बजे काठमाडौँ नैकापमा एक युवतीको हत्या भएको छ ।
विभिन्न हत्त्या तथा बलात्कारका थुप्रै घटनाहरू घटिरहेको बेला आज फेरि दिउसै एक युवतीको हत्या भएको छ ।
नुवाकोट घर भएकी २३ बर्से नमुना तामाङको एक अज्ञात युवकले हत्या गरी फरार भएको छ। नुवाकोट जिल्ला बेलकोट गढी ४ घर भएकी तामाङ विगत केही वर्ष देखि काठमाडौँको नैकापमा बस्दै आयकी थिइन ।
दिउँसो ३ बजे भएको घटना सङ्घै जनमानसमा त्रास उत्पन भएको छ भने प्रहरी प्रशासनलाई चुनैती बढेको छ ।