नग्न भिडियो मागेर महिलालाई 'ब्ल्याकमेल' गर्ने विमानस्थलमै पक्राउ - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

नग्न भिडियो मागेर महिलालाई ‘ब्ल्याकमेल’ गर्ने विमानस्थलमै पक्राउ



काठमाडौं- फेसबुकमा साथी बनाएर महिलालाई ब्ल्याकमेल गर्ने युवा विदेशबाट फर्कने क्रममा विमानस्थलमा पक्राउ परेका छन्। पक्राउ पर्नेमा कास्की रुपा गाउँपालिका-७ सिस्नेरीका ३१ वर्षीय मुक्ति भनिने मुक्तिनाथ खनाल छन्।

नेपाल प्रहरीको साइबर ब्युरोले उनलाई शुक्रबार त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो। वैदेशिक रोजगारमा रहँदा फेसबुकमा साथी बनाएर महिलालाई उनले ब्याकमेल गरेको आरोप लागेको छ।

म्यासेन्जरमा सन्देश पठाएर ललाइफकाई, धाकधम्की, डरत्रास र प्रलोभनमा पारी उनले महिलाको नग्न तस्बिर र भीडियो मागेर हैरानी पारेका थिए। भिडियो प्राप्त भएपछि आफन्तलाई सार्वजनिक गरी दिने भन्दै उनले महिलालाई ब्ल्याकमेल गरेका थिए।

यही आरोपमा विद्युतीय कारोबार कसुरमा मुद्दा दर्ता भइसकेको छ। उनीमाथि थप अनुसन्धान भइरहेको ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक नवीन्द अर्यालले जानकारी दिएका छन्।