यी हुन् भारतीयलाई नेपाली नागरिकता दिलाउने धनगढीका वडाध्यक्ष - Himal Post Himal Post
  • २० असार २०८३, शनिबार
  •      Sat Jul 4 2026
Logo

यी हुन् भारतीयलाई नेपाली नागरिकता दिलाउने धनगढीका वडाध्यक्ष



कैलाली- भारतीय नागिरकलाई नेपाली नागरिकता सिफारिस गर्ने कैलालीका वडाध्यक्ष पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका वडा नम्बर १२ का अध्यक्ष गणेशप्रसाद जाेशी पक्राउ परेका हुन्। उनले भारतीय नागरिक अलियास अन्सारीलाई नागरिकता दिलाउन सिफारिस गरेकाे भेटिएको छ।

२०७५ फागुन २० मा वडा नम्बर १२ कै हिम्मतपुर शिविरका पुनिराम चौधरी नक्कली बुवा बनेको सिफारिस गरेको भेटिएपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कायालयले जनाएको छ।

अन्सारी टीकापुर नगरपालिका वडा नम्बर ७ मा बस्दै आएका छन्। नक्कली बुवा बन्ने चौधरी फरार छन् भने उनका दाजु खुसीराम चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

वडाध्यक्ष जोशीलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।