नागरिकता अध्यादेश विरुद्ध सर्वोच्च अदालतमा रिट - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

नागरिकता अध्यादेश विरुद्ध सर्वोच्च अदालतमा रिट



काठमाडौं- राष्ट्रपतिले आइतबार मात्र जारी गरेको नागरिकता अध्यादेश विरुद्ध सर्वोच्च अदालतमा रिट पेश भएको छ ।

अध्यादेश खारेजीको मागसहित निवेदक विरभद्र जोशीले रिट निवेदन पेश गरेका हुन् । अहिले रिट दर्ताको प्रक्रियामा रहेको छ । अध्यादेशमा विदेशमा विवाह भएकी नेपालकी छोरीको सन्तानले पनि नागरिकता पाउने व्यवस्था छ ।

आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ जारी गरेकी थिइन् ।

गत बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले शपथ सम्बन्धी अध्यादेश, कोभिड–१९ संकट व्यवस्थापन अध्यादेशसँगै नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश पनि सिफारिस गरेको थियो ।