नागरिक दैनिकविरुद्ध ८० करोडको मुद्दा - Himal Post Himal Post
  • ९ असार २०८३, मंगलवार
  •      Tue Jun 23 2026
Logo

नागरिक दैनिकविरुद्ध ८० करोडको मुद्दा



नागरिकको मुख थुन्न ८० करोडको मुद्धा

 
काठमाडौं, १६ भदौ-
नागरिक दैनिकले नेपाल आयल निगममा भएको भ्रष्टाचारका विषयमा लेखेको समाचारलाई लिएर आयल निगमका प्रबन्धक निर्देशक गोपालबहादुर खड्काले ८० करोड रुपैयाँबराबरको क्षतिपुर्ति दाबी गर्दै नागरिक दैनिकविरुद्ध काठमाडौं जिल्ला अदालतमा गाली बेईज्जती मुद्धा दायर गरेका छन् ।

नागरिक दैनिकले आयल निगममा भएको भ्रष्टाचारको भण्डाफोर गर्दै प्रकाशित समाचचार लेख तथा सम्पादकीयबाट आफ्नो गालीबेईज्जती भएको दाबी गर्दै खड्काले भर्दौ १ गते दायर गरेको उक्त मुद्धाको म्याद बिहीबार प्रकाशनगृहमा अदालतका कर्मचारीले बुझाएका छन् ।, आजकोनागरिकदैनिकले यो समाचार लेखेको छ ।