‘नागरिक एप’ युगान्तकारी रूपान्तरण हो, प्रयोग गरौँ: प्रधानमन्त्री ओली - Himal Post Himal Post
  • १८ असार २०८३, बिहीबार
  •      Thu Jul 2 2026
Logo

‘नागरिक एप’ युगान्तकारी रूपान्तरण हो, प्रयोग गरौँ: प्रधानमन्त्री ओली



काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नागरिक एप’ युगान्तकारी रूपान्तरण भएको बताएका छन् ।

आइतबार सामाजिक सञ्जाल ट्वीटरमा संदेश लेख्दै प्रधानमन्त्रीले ओलीले ‘नागरिक एप’ मार्फत सरकारी सेवामा सेवाग्राहीको सिधा पहुँच स्थापित भएको बताएका छन्।

ट्वीटरमा लेख्दै प्रधानमन्त्रीले ओलीले भनेका छन्–“नागरिक एप मार्फत सेवामा आम जनताको सिधा पहुँच बढाउन थप विस्तार गर्दै लगिनेछ। यो युगान्तकारी रूपान्तरण हो।”

शनिबारेदखि प्रयोगमा ल्याएको ‘नागरिक एप’ बाट बिना कर्मचारी ३२५ जनाले प्यान नम्बर प्राप्त गरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सम्पुर्ण दिदीबहिनी तथा दाजुभाइलाई घरमै बसीबसी सेवा लिने प्रक्रियामा अबद्ध हुन ट्वीट मार्फत अह्वान गरेका छन्।