नगर प्रमुखमाथी आक्रमणको आरोप लागेका धरौटीमा रिहा - Himal Post Himal Post
  • १६ कार्तिक २०८१, शुक्रबार
  •      Fri Nov 1 2024
Logo

नगर प्रमुखमाथी आक्रमणको आरोप लागेका धरौटीमा रिहा



विशाल पाण्डेय

सुखड,कैलाली । कैलालीको मध्यवर्ती क्षेत्रमा अवस्थित घोडाघोडी नगरपालिकाका नगर प्रमुख ममताप्रसाद चौधरीमाथि भएको आक्रमणको घटनामा आरोपित लाई जिल्ला अदालतले धरौटीमा रिहा गरेको छ।

अदालतको बिहीबारको आदेशबमोजिम धरौटीमा छुटेकाहरुमा घोडाघोडी नगरपालिका १ लक्ष्मीपुरका ४० वर्षिय कमल क्षेत्री, वडा नं ९ का ३६ बर्षीय भरतबहादुर शाह, टीकापुर नगरपालिका १ का ३० बर्षीय हृदयराज बोगटीे र लम्की चुहा नगरपालिका ६ का ३० बर्षीय नरेन्द्र बिकलाई जनही रु ४५ हजार धरौटीमा छोड्न आदेश दिएको छ भने घोडाघोडी नगरपालिका ८ का ३० बर्षीय पूर्णप्रसाद खनाल सामान्य तारेखमा रिहा भएका छन् ।

‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का पाँच नेता कार्यकर्तामाथि लगाइएको आरोप  प्रमाणित नभएपछि अदालतको आदेशमा रिहा भएका हुन ।

गत फागुन २८ गते साँझ ८ बजेर १० मिनेट जादा चौधरीको घरमै गएर एक समूहले खुकुरी प्रहार र गोलि हानेको थियो । आक्रमणबाट घाइते भएका नगरप्रमुख चौधरीको उपचार पछि सुधार भइरहेको छ ।