नगर स्तरीय संस्थागत विद्यालयद्बारा चन्दा नदिने - Himal Post Himal Post
  • १७ कार्तिक २०८१, शनिबार
  •      Sat Nov 2 2024
Logo

नगर स्तरीय संस्थागत विद्यालयद्बारा चन्दा नदिने



विशाल पाण्डेय / सुखड , कैलाली ।

कैलालीको घोडाघोडी नगरपालिकाका नगर स्तरीय संस्थागत विद्यालयहरुले चन्दा संकलन गर्न आउनेहरुलाई चन्दा नदिने निर्णय गरेका छ्न ।

नगर स्तरीय संस्थागत विद्यालय समितिका अध्यक्ष रघुनाथ चौधरीको अध्यक्षतामा बिहिबार घोडाघोडी नगरपालिका -१ मा सुखडमा सम्पन्न भएको बैंठकमा यो निर्णय गरिएको हो ।

बैंठकमा यस नगर स्तरिय संस्थागत विद्यालयका समितिले यस नगर भित्र रहेका ३६ वटा संस्थागत विद्यालयमा विभिन्न राजनैतिक समूह , सरकारी तथा गैरसरकारी संस्था , ब्यक्ति तथा अन्य  समुहहरु बाट विभिन्न बहानामा चन्दा संकलन गर्न आउने कुनै पनि ब्यक्ति वा समुहहरुलाइ बिहिवार (०७४/१०/२४) देखि चन्दा नदिने निर्णय गरेको समितीका अध्यक्ष रघुनाथ चौधरीले हिमाल पोस्टलाइ जानकारी दिनु भयो ।

बैंठकमा नगर स्तरिय संस्थागत विद्यालय समितिका अर्थ सचिब बजिर सिंह बम ,सदस्यहरु कुल प्रसाद भट्ट , पि आर भण्डारी , टेक बहादुर ओली , सल्लाहकारसमितिका डि आर चौधरी तथा मिथुन सतगौवा ,गणेश ढकाल , कुम्भ शाही , गोरख ब. शाही , कृष्ण प्रसाद ढुंगाना , निर्मल सम न्युरे , तुलाराम आचार्य , घुम्मन कठरिया , नवराज रावल , प्रेम ब. सिंह लगाएत अन्य विद्यालयका शिक्षक हरुको उपस्थिति रहेको बैठकको सञ्चालन समितिका सचीव जयराम भण्डाराले गर्नु भएको थियो ।