नदिमा डुबेर दुई जना बालकको ज्यान गयो - Himal Post Himal Post
  • १८ पुष २०८१, बिहीबार
  •      Thu Jan 2 2025
Logo

नदिमा डुबेर दुई जना बालकको ज्यान गयो



सुखड,कैलाली । जिल्लाको घोडाघोडी नगरपालिकामा रहेकोे कान्द्रा नदीमा डुबेर दुई बालकको मृत्यु भएको छ । नदीमा नुहाउने क्रममा शनिबार दिउँसो करिब १२:१५ बजेतिर उनीहरुको डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय सुखडले जानकारी दिएको छ ।

मृत्यु हुनेमा घोडाघोडी नगरपालिका- १२ का राजेन्द्र चौधरीका ११ बर्षिय छोरा सचिन चौधरी र सोही ठाँउका बैजनाथ चौधरीका १४ बर्षिय छोरा अनिश चौधरी रहेको ईलाका प्रहरी कार्यालय सुखडका प्रमुख हरिशरण भट्टले जानकारी दिए ।

भट्टका अनुसार, शिवनगर टतबन्धनमा नुहाउने क्रममा पौडिन नजान्दा डुबेर उनीहरुको मृत्यु भएको हो । शव पोस्टमार्टमको लागि धनगढी लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।