नदिमा डुबेर कञ्चनपुरमा एक महिलाको मृत्यु
कञ्चनपुर । कञ्चनपुरमा नदिमा डुबेर एक जना महिलाको मृत्यु भएको छ । बेदकोट नगरपालिका वडा नं. १ चम्फापुर बस्ने अन्दाजी २० वर्षीया ऋना रानाको नजिकैको राधा नदीमा नुहाउने क्रममा शनिबार बिहान डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
मृगी रोगको औषधि समेत सेवन गर्दै आएकी रानाले नुहाउने बेला मृगी कै समस्याले घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । मृतक रानाको शव परीक्षणका लागि महाकाली अञ्चल अस्पताल महेन्द्रनगरमा राखिएको प्रहरीले जनाएको छ ।