कञ्चनपुरमा नदीमा डुबेर दुई बालिकाको मृत्यु
कञ्चनपुर। कञ्चनपुरको पुर्नवास नगरपालिका -१० विकास बस्तीका दुई जना बालिकाको माछा मार्ने क्रममा मंगलवार दोदा नदीमा डुवेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा वर्ष १४ का अञ्जली चौधरी र वर्ष १० का माला राना रहेका छन् ।
साथीसंगै माछा मार्न गएका दुवै बालिकाको डुवेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक ज्ञान बहादुर सेटीले बताए । मृतक दुवै बालिकाको शव आफन्त जिम्मा लगाइएको छ ।