यस्तो छ नवीन्द्र राज जोशीको पछिल्लो अवस्था - Himal Post Himal Post
  • १२ फाल्गुन २०८२, मंगलवार
  •      Tue Feb 24 2026
Logo

यस्तो छ नवीन्द्र राज जोशीको पछिल्लो अवस्था



काठमाडौं- नेपाली कांग्रेसका नेता नवीन्द्र राज जोशीको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

अस्पतालले आज बिहान ७ बजे एक बिज्ञप्ति जारी गर्दै भेन्टिलेटरमा उपचार भईरहेको र उनको अवस्था गम्भीर रहेको जनाएको छ । रातीदेखिनै जोशीका बिषयमा अनेक हल्ला चलेपनि भेन्टिलेटरमा उपचार भईरहेको छ ।

रातिदेखि नै विभिन सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा उनको निधनको खबर प्रकाशित भएको थियो। केही दिनअघि मस्तिष्कघात भाई नर्भिक हस्पिटलमा उपचाररत जोशीको शल्यक्रिया गरी जमेको रगत निकालिएको थियो।

गत फागुन १४ गते बेहोस भएर उनलाई अस्पतालमा भर्ना गरिएको थियो ।