विश्वविद्यालयमा उपकुलपति खुला प्रतिस्पर्धाबाट बनाऔं:सांसद लामा - Himal Post Himal Post
  • ६ पुष २०८२, आईतवार
  •      Sun Dec 21 2025
Logo

विश्वविद्यालयमा उपकुलपति खुला प्रतिस्पर्धाबाट बनाऔं:सांसद लामा



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद नवीना लामाले विश्वविद्यालयमा खुला प्रतिस्पर्धाबाट उपकुपति र पदाधिकारी नियुक्त गर्न माग गरेकी छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद लामाले राजनीतिक भागवण्डाका आधारमा उपकुलपति र पदाधिकारी बनाउन नहुने भन्दै यस्तो माग गरेकी हुन् ।

विश्वविद्यालयमा डरलाग्दो रुपमा विकृति मौलाएको भन्दै उनले विश्वद्यिालयको प्रतिष्ठा जोगाउनसक्ने व्यक्तिलाई उपकुलपति र पदाधिकारी बनाउन माग गरिन् ।

“परीक्षाको विषयमा होस् वा सम्बन्धनको विषयमा होस् अथवा कर्मचारी नियुक्तिको विषयमा नै किन नहोस्, विश्वविद्यालयमा अराजकता मैलाएको छ,” सांसद लामाले भनिन्, “राजनीतिक भागवण्डाका आधारमा होइन, खुल्ला प्रतिस्पर्धाका आधारमा विश्वविद्यालयका पदाधिकारी चयन होस् ।” उनले विश्वविद्यालयको गरिमा उँचो राख्न सक्ने व्यक्तिलाई उपकुलपति र पदाधिकारी बनाउनुपर्ने बताइन् ।