२२ किलो सुन तस्करीमा मुछिएकालाई नविना लामाको रेष्टुरेन्टमा सम्मान - Himal Post Himal Post
  • २८ असार २०८३, आईतवार
  •      Sun Jul 12 2026
Logo

२२ किलो सुन तस्करीमा मुछिएकालाई नविना लामाको रेष्टुरेन्टमा सम्मान



काठमाडौं। अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू)का अध्यक्ष नवीना लामा, सचिव आरती लामा, सचिवालय सदस्य कल्पना वाइवा, मीनभवन कमर्स क्याम्पसकी इकाइ सदस्य अवानी पौडेलले बानेश्वरमा खोलेको हिमालयन रिमठिम क्याफेमा एक तस्करको नाम पनि जोडिएको छ ।

२२ किलो सुन तस्करीमा मुछिएका भोटेकोशी गाउँपालिका सिन्धुपाल्चोकका अध्यक्ष राजकुमार पौडेलका दाजु बच्चु पौडेलले उक्त क्याफेमा लगानी गरेको स्रोतको भनाई छ । यूनाइटेड पोस्ट साप्ताहिकले समाचार छापेको छ ।

स्रोतका अनुसार अखिल नेतृहरुले लगानी गरेको भनिएको उक्त क्याफेको वास्तिविक लगानीकर्ता बच्चु पौडेल हुन् । विजुली चोरेर ५० लाख जरिवाना तिरेका बच्चु पौडेललाई लगानी गर्न लगाएर अखिल नेतृहरुले व्यवसाय गरेको हल्ला मच्चाइएको अनेरास्ववियू सिन्धुपाल्चोकका एक सदस्यले बताए ।

नवीना लामा र आरती लामालाई हरेक क्षण आर्थिक सहयोग गर्दै आएका पौडेलले हिमालय रिमठिममा पनि लगानी गरेका हुन् । बच्चु पौडेल नेपाली कांग्रेस निकट व्यवसायी हुन् । उनी अर्का तस्करीका नाइके विष्णु खत्रीका साँढुभाई हुन् । जो गएको प्रदेशसभा चुनवामा सांसदका उम्मेदवार थिए ।

बच्चु पौडेल हिमाल सिमापार बाणिज्य संघको अध्यक्षमा उठ्दा तत्कालिन एमालेले उनका विरुद्ध अमृत खड्कालाई खडा गरेको थियो । स्वभाविक हिसाबमा अखिल अध्यक्ष नवीना र आरती अमृतको पक्षमा लाग्नुपर्ने हो ।

तर, उनीहरु बच्चु पौडेलको ब्याज बोकेर उनलाई जिताउँ भन्दै चुनाव प्रचारमा लागेका थिए । यो देखेर अमृत खड्काका समर्थकहरु नै आश्चर्यमा परेका थिए । आइतबार उक्त क्याफेको उद्घाटनमा अखिल नेतृहरुले बच्चु पौडेललाई खादा लगाएर उच्च सम्मान दिएका थिए ।