सांसद नविना लामाले पनि घरभाडा फिर्ता गर्ने
काठमाडौँ । नेकपा सांसद नविना लामाले काठमाण्डौमा घर भएको बताए पनि संसद् सचिवालयले आफ्नो खातामा घर भाडा जमा गरेको भन्दै फिर्ता गर्ने भएकी छन् । राजधानीमै घर भएर पनि भाडा लिँदै आएकाहरुप्रति पछिल्लो समय आलोचक समाचारहरु प्रकाशित भइरहदा सांसदहरु सचेत हुन थालेका छन् ।
तर सांसद लामाले आफुले घर रहेको बताउँदा पनि संसद् सचिवालयले भाडा जमा गरेको र सो भाडा फिर्ता गर्न भन्दै प्रेस विज्ञप्तीसमेत निकालेकी छन् । उनले आफ्नो नाममा घर भाडा आएकाप्रति निकै आश्चर्य व्यक्त गरेकी छन् ।
यस अघि प्रतिनिधिसभाका सांसद योगेश भट्टराईले पनि दश महिनाको घरभाडावापत बुझेको ९० हजार फिर्ता गर्ने घोषणा गरेका थिए ।