२०७५ फाल्गुन ९, बिहिबार

नविन र सम्झनाले ल्याए ‘घर मेरो सुदूरपश्चिम’(भिडियो सहित)

December 3, 2018
184 Views
Spread the love
  • 390
    Shares

धनगढी: चर्चित लोक तथा दोहोरी गायक नवीन पौडेलको लोक देउडा गीत ‘घर मेरो सुदूरपश्चिम’को आइतबार एक कार्यक्रमका बिच धनगढीमा विमोचन गरिएको छ ।

सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टले गीतको विमोचन गरेकी हुन् । मन्त्री भट्टले सुदूरपश्चिम प्रदेशको पर्यटन प्रवर्द्धनका लागि पौडेलको गीत कोशेढुंगा बन्ने विश्वास व्यक्त गरिन् ।

‘झिममिला ताल कञ्चनपुर रङ्ग फेर्छ महिना महिनामा, आफैमा दङ्ग पर्दो हो हेर्ने पाए ऐनामा, यही हो सुन्दर पश्चिम…यही हो सुन्दर पश्चिम , तपाईँ मेरो यो सेरोफेरो कैलाली घर मेरो ओइ सुवा कैलाली घर मेरो’ शब्दहरू दोहोराउँदै मन्त्री भट्टले भनिन्, ‘यी शब्दहरूमा सुदूरपश्चिम प्रदेशको मौलिकता झल्कन्छ ।’

सुदूरपश्चिम सुन्दर भएर पनि ओझेलमा परेको बताउँदै मन्त्री भट्टले गीत सङ्गीतको माध्यमबाट प्रदेशलाई चिनानु पर्ने बताइन् । एल्वम विमोचन कार्यक्रममा गायक पौडेलले देउडा गीत मार्फत सुदूरपश्चिम प्रदेशका कला,संस्कृत र पर्यटनलाई विश्वभर चिनाउने अभियान थालेको बताए । ‘सुदूरपश्चिममा गायीने र गुनगुनाइने गीतलाई मैले बजारमा ल्याएको हुँ’ गायक पौडेलले भने ।

कार्यक्रममा गायक पौडेलले सुदूरपश्चिममा जन्म नभए पनि सबै भन्दा प्यारो र सुन्दर सुदूरपश्चिम लाग्ने बताए । ‘म पाल्पामा जन्मिल, काठमाडौँ बसे र सङ्गीत यात्रामा लागे तर मलाई सबै भन्दा सुदूरपश्चिम प्यारो र राम्रो लाग्छ’ गायक पौडेलले भने ।

प्रस्तोता समाज नेपालका केन्द्रीय सदस्य, अन्तर्राष्ट्रिय कलाकार मञ्चका उपाध्यक्ष र राष्ट्रिय लोकदोहोरी प्रष्तिष्ठान नेपालका पूर्व केन्द्रीय सदस्य समेत रहेका पौडेलले २ सय भन्दा बढी गीतहरू आएका छन् ।
पछिल्लो समय समाजका घटेका घटनाहरूलाई केन्द्रित गरेर पौडेलले बजारमा ल्याएको ‘फुलेको तोरीलाई, बैँस आएको छोरीलाई जोगाउनै ग्रारो’ बोलको गीत निकै चर्चित बनेको थियो । उक्त गीतले पौडेललाई नवौँ संस्करणको बिन्दबासिनी म्युजिक अवार्ड २०७५ मार्फत यसबर्ष कै सर्वोत्कृष्ट लोक गायक घोषित गरायो । देश विदेशका स्टेज कार्यक्रमहरूमा अत्यधिक माग हुने र रुचाइएका गायक पौडेल निकै व्यस्त छन् ।

आइतबार बजारमा सार्वजनिक गरिएको गीतको छायाङ्कन काठमाडौँ आसपासमा गरिएको छ । पृथ्वी इन्टरटेन्मेन्ट मार्फत बजारमा ल्याइएको गीतमा स्वर नवीन पौडेल र सम्झना भण्डारीको छ । लय नवीन पौडेलको हो । शब्द दिग्गज धौरालीले कोरेका हुन् भने छायाङ्कन राजेश घिमिरेको हो । निर्देशक प्रकाश भट्ट हुन् । गीतका सम्पादक विष्णु शर्मा हुन् ।

Facebook Comments
  • 390
    Shares

You may be interested

भारतबाट उद्धार गरिएका १७९ नेपाली काठमाडौँ ल्याइयाे
पत्रपत्रिका
0 shares30 views
पत्रपत्रिका
0 shares30 views

भारतबाट उद्धार गरिएका १७९ नेपाली काठमाडौँ ल्याइयाे

विशाल पाण्डेय - २०७५, ९ फाल्गुन ०९:००

काठमाडौँ । भारतकाे मणिपुर हुँदै अवैध तवरबाट तेस्रो मुलुकतर्फ लैजाने क्रममा उद्धार गरिएका १७९ जना काठमाडौँ ल्याइपुर्याइएकाे छ । मङ्गलबार…

अझै खुलेन नौ महिनादेखि बन्द रहेको मलेसिया रोजगार
पत्रपत्रिका
0 shares26 views
पत्रपत्रिका
0 shares26 views

अझै खुलेन नौ महिनादेखि बन्द रहेको मलेसिया रोजगार

विशाल पाण्डेय - २०७५, ९ फाल्गुन ०८:५२

काठमाडौँ । नौ महिनादेखि बन्द रहेको मलेसिया रोजगार अझै खुल्न सकेको छैन । भेन्डर परिवर्तन गर्ने विषयमा नेपाल र मलेसियाबीच…

निर्मला प्रकरणले अन्तर्राष्ट्रिय तहमै अपमान : प्रधानमन्त्री ओली
पत्रपत्रिका
0 shares27 views
पत्रपत्रिका
0 shares27 views

निर्मला प्रकरणले अन्तर्राष्ट्रिय तहमै अपमान : प्रधानमन्त्री ओली

विशाल पाण्डेय - २०७५, ९ फाल्गुन ०८:४२

कैलाली । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला पन्त हत्या प्रककरणले अन्तर्राष्ट्रिय तहमै नेपालको अपमान भएको बताएका छन् । घटनाको गहिरो…