नाबालक शिशु चोरी गर्ने महिलालाई प्रहरीद्वारा सार्वजनिक - Himal Post Himal Post
  • ४ माघ २०८२, शनिबार
  •      Sat Jan 17 2026
Logo

नाबालक शिशु चोरी गर्ने महिलालाई प्रहरीद्वारा सार्वजनिक



हिमाल पोस्ट /पर्सा माघ २३

वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालबाट गत शुक्रबार एक नाबालक शिशु चोरी गर्ने महिलालाई प्रहरीले सार्वजनिक गरेको छ।

शुक्रबार आशादेवी पासवानको नवजात शिशु जन्मिएको दुई घण्टामै चोरी भएपछि प्रहरीले खोजी तीव्र पारेको थियो।

बच्चा चोरी भएको ४८ घण्टापछि प्रहरीले बच्चा चोरी गर्ने महिला लालसा देवी साहलाई बेल्वा गाविस वडा नम्बर ९ मिलनचोकबाट नियन्त्रणमा लिएको हो। उनी बच्चा चोरेर माइतीघर पुगेकी थिइन्।

बच्चा चोरी गर्ने महिला लालसा देवीलाई सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा पर्साका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले बच्चा शकुशल रहेको र आमा आशादेवीको जिम्मा लगाएको बताए। आशा देवीको अझै नारायणी उपक्षेत्रीय अस्पतालमै उपचार भइरहेको छ।

लालासा देवीले आफ्नो बिहे गरेको पाँच वर्षसम्म पनि बच्चा नजन्मिएकाले अस्पतालबाट बच्चा चोर्ने योजना बनाएर त्यही अनुसार बच्चा चोरेर माइती घर लिएर गएको प्रहरीसमक्ष बताएकी छिन्। बच्चा चोरीको घटनामा अन्य कसैको संलग्नता नरहेको प्रहरीले जनाएको छ।