अखिल क्रान्तिकारीले गर्यो नव ज्योति विद्या मन्दिरमा तालाबन्दी - Himal Post Himal Post
  • २९ फाल्गुन २०८१, बिहीबार
  •      Thu Mar 13 2025
Logo

अखिल क्रान्तिकारीले गर्यो नव ज्योति विद्या मन्दिरमा तालाबन्दी



 ललित जाग्री /पहलमानपुर

कैलालीको घोडाघोडी नगरपालिका १० पहलमानपुरमा रहेको नव ज्योति विद्या मन्दिरमा अखिल क्रान्तिकारी विद्यार्थी संगठन कैलाली क्षेत्र न ३ द्घारा तालाबन्दी गरिएको छ ।

संगठनका जिल्ला सचिव शिवराज संज्यालको नेतृत्वमा गएको टोलीले कैलालीको क्षेत्र न ३ का विद्यालयहरुमा स्थलगत अनुगमन गर्ने क्रममा नव ज्योति विद्या मन्दिरमा पुगेर विद्यालयको शैक्षिक अवस्था, भौतिक अवस्था र विद्यालयले मापदण्ड पुरा गरे नगरेका बारेमा स्थलगत अनुगमन गरेको थियो ।

अनुगमनको क्रममा नव ज्योति विद्या मन्दिरले कक्षा ८ सम्म मात्र अनुमति भए पनि कक्षा १० सम्म कक्षा संचालन गरिरहेको र कक्षा ८ र कक्षा ९ का विद्यार्थीहरु लाई एउटै कक्षामा राखेर पठनपाठन गरिरहेको भन्दै तालाबन्दी गरिएको अखिल क्रान्तिकारीका जिल्ला सचिव शिवराज संज्यालले जानकारी दिनु भएको छ । त्यस्तै संगठनले अनुगमनकै क्रममा आईतबार नगरपालिकाका ३ ओटा निजी विद्यालयहरुमा पनि तालाबन्दी गरेको थियो ।