म्याग्दी पहिरो अपडेट: यस्तो छ पछिल्लो अवस्था
म्याग्दी- अविरल वर्षासँगै म्याग्दीमा आएको पहिरोमा परि बेपत्ता भएका ३४ जनामध्ये ११ जनाको शव फेला परेको छ ।
धौलागिरी गाउँपालिका वडा नम्बर ६ का मराङमा १० जना र रघुगंगा गाउँपालिकाको ठाडाखानीमा १ जना गरी ११ जनाको शव फेला परेको प्रहरीले जनाएको छ । मृतकहरुको पहिचान हुन सकेको छैन् ।
यस्तै पहिरोमा परेर अझै २३ जना बेपत्ता छन् । मराङको रिख, कल्लेनी, राम्चे, नाम्रुक, कम्दी बस्तीमा ११ जना, ताकममा ३ जना र मालिका गाउँपालिका–७, विमको दुलेमा ८ जना गरी २३ जना अझै बेपत्ता रहेको जिल्ला प्रहरी प्रमुख डीएसपी किरण कुँवरले जानकारी दिए ।
उनका अनुसार शुक्रबार मालिका गाउँपालिका केन्द्र दरवाङ पुगेको प्रहरी तथा सेनाको उद्धार टोली शनिबार विहान घटनास्थलतर्फ पैदल हिँडेको छ ।
बाढीपहिरोले ४३ घर पुरिएका छन । पहिरोमा के कति पशुचौपाया र धनसम्पत्तिको क्षति भयो यकिन विवरण संकलन भएको छैन ।