म्याग्दीमा पहिरोले बेहाल: ३० जना बढी बेपत्ता, उद्दारका लागि हेलिकप्टर बोलाइयो
काठमाडौं- अविरल वर्षाका कारण देशभर बाढी र पहिरोले बितण्डा मच्चाएको छ । वर्षाकै कारण म्याग्दीका विभिन्न स्थानमा पहिरोमा परी ३० जना बेपत्ता भएका छन् ।
बेपत्ताको खोजि भैरहेको बताइएको छ । जिल्लाको धौलागिरी गाउँपालिका ६ का २२ जना र मालिका गाउँपालिका ७ का १० जना वेपत्ता भएको प्रमुख जिल्ला अधिकारीले जनाएका छन् ।
पहिरोका कारण बेपत्ता भएकाको खोजीका लागि सुरक्षाकर्मी परिचालन भइसकेको समेत बताइएको छ । पहिरोमा पुरिएकाको मृत्यु हुने सम्भावना बढी छ । हेलिकोप्टर पनि बोलाएको प्रमुख जिल्ला अधिकारीले बताएका छन् ।
म्याग्दीका जिल्लाका दुई पालिका जोड्ने पुलमा क्षति पुगेको छ पुलको क्षतीका कारण आवत जावतमा समस्या भएको बताइएको छ ।
रघुगंगा गाउँपालिका–३ पिप्ले र बेनी नगरपालिका–९ घतान जोड्ने मोटरेबल पुल रघुगंगा नदिले क्षति पुगेको हो।
नदीको बहाब उच्च भएसँगै पुल बगेपछि रघुगंगा गाउँपालिका, अन्नपूर्ण गाउपालिका र मुस्ताङ जाने बाटो बन्द भएको छ।