म्यादी प्रहरीका बुबाले बुझाए गृह मन्त्रालयमा ज्ञापनपत्र - Himal Post Himal Post
  • १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
Logo

म्यादी प्रहरीका बुबाले बुझाए गृह मन्त्रालयमा ज्ञापनपत्र



प्रहरीको गोली लागी मारिएका म्यादी प्रहरी विवेक ऐडीको मृत्युसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक गर्न परिवारले माग गरेका छन् ।

मृतकका बुबा हरिबहादुर ऐडीले शुक्रबार जिल्ला प्रशासन कार्यालयमार्फत गृह मन्त्रालय सिंहदरबारमा प्रतिवेदन तत्काल पाउँ भन्दै ज्ञापनपत्र बुझाएका छन् ।

घटनापछि सदरमुकामा विरोध प्रदर्शन भएको थियो । प्रदर्शनका क्रममा भएको छलफलमा एक साताभित्र छानविन प्रतिवेदन पीडित पक्षलाई बुझाउने आश्वासन छानविन टोलीले दिएको थियो ।

तर हालसम्म पनि प्रतिवेदन नपाएको मृतकका  बुबाले जनाए । आजको नागरिक दैनिकमा खबर छ ।