मेरो भ्यालेन्टाईन अनि त्यो मिठो पिरती ! - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

मेरो भ्यालेन्टाईन अनि त्यो मिठो पिरती !



समिर प्रकाश पाण्डे

साथीको आग्रहलाई स्विकार गर्दै साथी भएको ठाउ बानेश्वर शंखमुलको रिया बेकरीमा पुगें । सधै जसो चिया पिउने, पत्रिका पढ्ने, अनी बिभिन्न विषयमा छलफल चल्ने ठाउ आज भने केही कम चहल पहल थियो ।

नैराश्यता बोक्दै थकीत अनी निराश मुद्रामा म त्यहाँ पुगेको थिएँ। साथी भने म भन्दा केही अगाडी नै त्यहाँ आईपुगीसकेको थियो। उसमा पनि केही हतास अनी बिचलित हावभाउ देखीन्थ्यो। तर मलाई उस प्रति कुनै रूची थिएन।

“अनी कस्तो भयो त आजको दिन?” उसले प्रश्न गर्यो ।

मलाई खासै कुरा गर्ने मन थिएन , अझ अगाडी उस्ले थप्यो “एउटा कुरा भन्छु ” !

“ह्या छाड्दे , यी सब एउटा दुईटा कुरा । चिया मगा अनी एउटा चुरोट पनि । ” मैले उसको कुरा काटी दिएँ ।

खासै नचड्किने मान्छे म आजु अली हाईपर भकोले उ कुरालाई बिचमै टुंग्यायो । म केही सुन्ने अनी सुनाउने मुडमा थिएन । म भित्रको ज्वारभाटा अली बेगले नै किनार तिर लम्कदै थियो ।

मेरो अनुहारमा अध्यारो छाउदै गईरहेको थियो, घण्टौ सम्मको खुसिको प्रतिक्षा अनी उसको अनुपस्थितिले । मनले अनेक थरी सोंचिरहेको थियो । आखाँको डिलबाट चुईन आटेका आसुँका ढिक्काहरुले मलाई कता कता हिनताबोध तिर धकेल्दै थियो ।

खुसी संग सेट भएको मेरो डेटिंग सेड्यूल एका एक मुर्झाएर झर्न आँटेको फुलको पत्रहरु जस्तै भएको थियो । वर्षौ सम्म सजाएका उस संगका प्रेमिल पलहरू आँखा अगाडी विश्राम लिदै थिए ।

जिन्दगीका राजमार्गका घुम्तिहरुलाई अझ बडी प्रेममय वनाउने उट्कट इच्छ्या अनी नया जिवनको सुरूवात हृदयमा विचरीत हुँदै गर्दा अकस्मात टिक्रिदै अनी चैटिदै असरल्ल छिरोलिएका थिए मेरा सपनाहरू ।

पश्यातापको आगोमा दनदनी जल्दै थिए मेरा चाहानाहरू । निराश बगरमा रगताम्य भएर छट्पटाउँदै थिए मेरा लक्षहरू । मेरा भाव विहिन आँखाहरू नियाल्दै थिए त्यहाँ दुर्घटना जस्ता जिवनका भग्नावशेषहरू । विसर्जन हुँदै थिए त्यहाँ मेरा संपुर्ण खुसिहरू ।

अतितमा घोत्लदै गर्दा कतिखेर दाईले चिया ल्याईदिए मलाई पत्तै भएन ।

चिया चिसिएर माथिबाट तर लागीसकेको थियो । चुरोट पनि कति सर्को ताने आफैलाई पत्तो छैन ।

चिया पिउने मन लागेन , म सोचमग्न मात्र थिए ।

“ तलाई के भको छ आज ? न बोल्छस, खाली एकोहोरो भै राखेको छस । ” साथीले प्रश्न गर्यो ।

जो व्यक्तिले यआज मलाई यो अवस्थामा पुरायो, उसैले प्रश्न गर्दै थियो । जो व्यक्तिले महत्वपुर्ण घडीमा मेरो मन परेको मान्छे संगै थिएँ भन्दै थियो उसैले प्रश्न गर्दा आजसम्म नगरेको अपराध गर्न मन लागीराखेको थियो ।

म त्यहाँ बाट बिदा हुने कोसिसमा थिएँ । फेरी भेटेर कुरा गर्ने भन्दै त्यहाँ बाट निस्कन खोजे । उ मेरो पिडा नबुझेरै एक छिन हास्यो , अनि मेरो खिल्ली उडाउदै भन्यो “ निक्कै देबदास स्टाईलमा छस त बे ? बिहानै दारु सडकाउने बिचार गरिस कि क्या हो ? ”

मुखभरी जवाफ र थुक थियो , उसको अनुहारमा थुक्दै जवाफ दिन मन थियो । तर त्यसो गरेन किनकी म प्रेमी थिए , दिवाना थिए तर पागल थिएन ।

अतितका पलहरू याद गर्दै म आफ्नो कोठा तिर लागे ।

जिवनको यो मोडमा आउदा सम्म मेरो यो जस्तो दुर्दशा कहीले भएको मलाई याद छैन । मलाई आज टाउको लगेर भित्तामा ठोक्न मन थियो , आज मलाई आफ्नै जिन्दगी समाप्त पार्न मन थियो । ए बोतल रक्सी पानी नै नहाली घटघट पिउन मन थियो ।

कहीले मदिरा नपिएको म एकाएक भट्टिमा पुगेछु । खुसी संगका अनगिन्ति यादहरू आँखा अगाडी मानौ कुनै चलचित्रका दृष्य जस्तै आफ्नै गतिमा अन्धकार तिर धकेलिदै थिए ।

म मेरो वाश्तविक जीवन भन्दा अलग गतिमा अगाडी बडिरहेको थिएँ । होस मा भन्दा बेहोसीमा बडी रमाउने भै सकेको थिएँ ।

अनेकन साथीहरू अनी आफन्तका फोनहरू कति पटक बजे मलाई ठेगान छैन । जोसुकै होस, जे सुकै होस म कसैको कुरा सुन्ने र संझने कंडिसनमा थिएन ।

केही समय सम्म पागल प्रेमी जस्तै भौतारी रहें । खुसी अनी उस संग जोडीएका घटना अनी यादहरू मेटाउन म राजधानीका डान्स बार, दोहोरी लगायत तिर बढी भेटीन थाले ।

समय बित्दै जाँदा कहीले कसो खुसीको फोन आउथ्यो । तर म फोन उठाउन आवश्यक ठानेन । हुँदा हुँदा खुसीलाई भुलाउन अन्य युवती संग रात बिताउन थालेको थिएँ । तर जती अनुहार फेरेपनि खुसी भुलाउन सक्ने सामर्थ्य थिएन किनकी म एउटा पागलप्रेमी भैसकेको थिए । साच्चै एउटा अर्को देबदास बनिसकेको थिए ।

मेरो जिवन यात्रा खोली जस्तै अनेकन कन्दरा अनी खोंच बाट अगाडी बड्दै थियो । जिन्दगीले गन्तव्य खोज्दै थियो । अनेकन प्रयत्न पछी बल्ल जिवन सही मार्गमा आउदै गयो ।

वर्षौ पछी उही चिया पसल बाट बिदा भको साथी सामाजिक संजालमा जोडिन पुग्यो । त्यती सारो कुराकानी नभए पनि कहीले कसो हेलो हाई हुन थाल्यो । उसले पुराना कुराहरू उप्काउने कोसीस गर्थ्यो , म यी सव बाट टाढा हुन खोज्थे । तर उसले वर्षौ पहीलेको उही भ्यालेन्टाईन डे म संग जोडी छाड्यो ।

मन नहुँदा नहुँदै पनि केही वार्तालापहरू भए । उसले केही नया रहस्य सुनाउन खोज्दै थियो तर म आफु केही व्यस्त भएको बताउदै उसबाट अफलाईन भएँ ।

म अतितलाई संझेर बर्तमानमा निरास हुन चाहान्नथें । तर पनि उसले अफलाईनमै उक्त भ्यालेन्टाईन डे को संपुर्ण कुराहरू लेखेर छाडेछ ।

म उसको कुरामा विश्वास गर्ने र फेरी उही अतितको पछी लाग्ने मुडमा थिएन । किनकी मेरो जिन्दगीको यात्रा धेरै पर पुगिसकेको थियो र उसलाई विश्वास गर्ने कुनै आधार पनि म संग केही थिएन । मैले उसको म्यासेजमा कुनै रियाक्ट गरेन ।

कथाले बाटो तब मोड्यो जव कुनै ठेगाना वा परिचय बिनाको चिट्ठी घरमा आईपुग्यो । आधुनिक संचारले यति ठुलो फड्को मारिसकेपछी पनि यस्तो खामबन्दी पत्रले मलाई केही उत्सुक बनायो । धेरै बेर घोत्लिएँ अनी चिट्ठी खोलें ।
भित्र एउटा तस्विर संगै केही लेखीएको सानो चिट थियो ।

जहाँ लेखिएको थियो “समिर थाहा छ मलाई तिम्रो जिन्दगीले अलग रूप लिईसकेको छ । म यत्ति मात्रै तिमीलाई संझाउन खोजेको की जुन दिन तिमी मलाई पाटन कृष्ण मन्दिर नजिक कुर्दै थियौ त्यती खेर म बानेश्वर स्थित एभरेष्ट हस्पिटल को आईसियू मा यही तस्विरमा भएको फुल संगै थिएँ । ”

म फेरी एक पटक पागल जस्तै भए । अनेक कोसिसले ठिक भएको मेरो प्रेम रोग फेरी एक पटक बल्झीयो । फेरी एक पटक टाउको फोडौ झै भयो , फेरी एक बोतल दारु सडकाउ झै भयो । म फेरी बेहोसी जस्तै भए ।

उसको पत्रलाई अनगिन्ती पटक चुमे , उसको फोटो लाई छातीमा टासे अनि आँखा बाट खस्न थालेका आसुलाई आँखा भित्र लुकाउदै पत्रको बाहिर हेरे । पत्र पठाउनेको नाम थियो ‘ खुशी शर्मा , बानेश्वर , फोन –……..’

ढिला नगरी फोन गरे , उही आवाज उही रुवाई । मैले सम्झाउदै थिए , उसले रुन्चे स्वरमा भनि “ह्याप्पी भ्यालेन्टाईन डे ! तिम्लाई त के याद होला र है कान्छु ? आजकै दिन तिम्ले मलाई गरेको प्रपोज एसेप्ट गरेको थिए । र फेरी आज दोश्रो पटक तिम्लाई पाउदै छु । ”

उसले अतित सम्झायपछि म पनि नरोई बस्न सकेन , आधा घण्टा फोनमा दुबै जना रोयौ अनि फेरी सुरु भयो हाम्रो पिरती ।