एलन मस्कको खुलासा: ‘साथीको कोठामा सुत्छु, कहिलै बिदा लिन्न’
काठमाण्डौ- विश्वकै सबैभन्दा धनाढ्य तथा स्पेस एक्सका मालिक एलन मस्कले अहिलेसम्मकै सबैभन्दा ठुलो खुलासा गरेका छन् । सबैभन्दा धनाड्य व्यक्तिको यस्तो खुलासाले अहिले तरङ्ग ल्याइरहेको छ ।
यस्तो खुलासा उनले पछिल्लो अन्तर्वार्तामार्फत गरेका हुन् । उनले अन्तर्वार्तामा बताए अनुसार उनको बस्ने कुनै घर छैन र उनको कुनै सुत्ने निश्चित स्थान छैन ।
मस्कले अहिले आफ्नो घर नभएको र साथीहरूको खाली कोठामा सुत्ने गरेको बताएका छन् । उनको भनाई अनुसार व्यक्तिगत प्रयोजनका लागि बस्ने भिल्ला वा घरमा अरबौं डलर खर्च गर्नु भनेको फजुल खर्चमात्र हो ।
न्युयोर्क टाइम्सले लिएको अन्तर्वार्तामा उनले भनेका छन्,‘अहिले मेरो एउटा ठाउँ पनि छैन । म ठ्याक्कै साथीहरूको ठाउँमा बसिरहेको छु’, कैयौँ मुलुकहरूमा भ्रमण गर्दा पनि उनले साथीहरूकै घरमा बस्ने गरेको बताएका छन् ।
‘खाडी क्षेत्रमा यात्रा गर्दा म मूलतः साथीहरूको खाली सुत्ने कोठामा बस्ने गर्छु, अमेरिकी विद्युतीय सवारी निर्माता टेस्लाका सीईओसमेत रहेका मस्कले भने । उनले अगाडि थपेका छन्, ‘मसँग समुद्री डुंगा यान छैन । मैले कहिले पनि बिदा लिन्न । ’
विश्वभर सम्पत्तिको असमानता र अर्बपतिहरूले खर्च गर्ने रकमको बारेमा सोधिएका प्रश्नहरूको मस्कले जवाफ दिएका थिए ।‘मलाई लाग्छ कि त्यहाँ स्वयंसिद्ध त्रुटिहरू छन्, जसले त्यो निष्कर्षमा पुर्याइरहेको छ । म व्यक्तिगत उपभोगमा वार्षिक अरबौं डलर खर्च गर्छु भने यो धेरै समस्याग्रस्त हुनेछ तर त्यस्तो छैन’, मस्कले भने । एक प्रसँगमा मस्कले आफूले विमान प्रयोग नगर्दा काम गर्ने समय थोरै हुने बताए ।