एलन मस्कको इन्टरनेट कम्पनीमाथि प्रतिबन्ध - Himal Post Himal Post
  • १ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 13 2026
Logo

एलन मस्कको इन्टरनेट कम्पनीमाथि प्रतिबन्ध



काठमाडौं- अमेरिकी अर्बपति व्यापारी एलन मस्कको इन्टरनेट कम्पनी स्टारलिङ्कमाथि प्रतिबन्ध लागेको छ । भारत सरकारले एलन मस्कको इन्टरनेट कम्पनी स्टारलिङ्कको सेवामा प्रतिबन्ध लगाएको हो।

समाचार एजेन्सी रोयटर्सका अनुसार भारत सरकारले शुक्रबार साँझ विज्ञप्ति जारी गरी स्टारलिङ्कलाई नियम पालना गर्न भनेको छ।

विज्ञप्तिमा भनिएको छ, ‘स्टारलिङ्कलाई भारतमा तत्काल बुकिङ गर्न र इन्टरनेट सेवा उपलब्ध गराउनबाट रोक लगाइएको छ।’

स्टारलिंकले गत नोभेम्बर १ मा भारतमा आफूलाई दर्ता गराएको थियो। यसपछि स्टारलिङ्कले आफ्ना विज्ञापन र बुकिङ सेवा सुरु गरेको थियो। ​

स्टारलिंक एलन मस्कको कम्पनी स्पेसएक्सको एक डिभिजन हो जसले स्याटेलाइट इन्टरनेट प्रदान गर्छ। तर भारतमा व्यापार गर्न उसले अहिलेसम्म लाइसेन्स पाएको छैन।