एलन मस्कको विद्युतीय कार कम्पनी बन्द
बेइजिङ । विश्वकै सबैभन्दा धनी अर्वपति तथा स्पेस एक्सका मालिक एलन मस्कको विद्युतीय सवारी साधन निर्माण कम्पनी टेस्लाले चीन स्थित आफ्नो ‘गिगाफ्याक्ट्री साँघाई’ आगामी चार दिनका लागि बन्द गरेको छ ।
आइतवार चीनले चीनकै सबैभन्दा ठूलो सहर साँघाईमा नौ दिनसम्म कोभिड–१९ को विशेष परीक्षण कार्य सचालन गर्ने घोषणा गरेपछि यस कारखानाले पनि आफ्नो उत्पादन कार्य रोक्ने निर्णय गरेको हो ।
संयोगवश टेस्लाका प्रमुख कार्यकारिणी अधिकारी मस्कले पनि ट्विटरमार्फत आफूलाई पुनः कोभिड–१९ संक्रमण भएको जस्तो लागेको जानकारी दिएका छन् ।
अमेरिकाको टेक्सासस्थित विद्युतीय सवारी साधन निर्माता ‘दि अस्टिन’ले विश्वकै सबैभन्दा ठूलो विद्युतीय कार निर्माण कारखाना बन्द हुन लागेको सूचना त्यसका कामदार र आपूर्तिकर्ताहरूलाई गराएको छ ।
यसै महिना मात्र टेस्लाले साँघाईको यस कारखानालाई दोस्रो पटक बन्द गरेको हो । चीन सरकारले कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन तिव्र रुपमा फैलिरहेकाले सुरक्षाका उपायहरु कडा पारिएको बताएपछि १६ मार्चमा पनि यो कारखाना दुई दिनका लागि बन्द गरिएको थियो ।
यसै महिनाको सुरुमा टोयोटा र भोल्क्सवागेन कम्पनीले पनि चीनमा आफ्ना अटोमोवाइल उत्पादन कार्य रोकेको थियो । साँघाईमा आइतवार मात्र ३ हजार ५०० जना नयाँ कोभिड–१९ संक्रमित भेटिएको थियो । दि स्ट्रिट