सङ्गीत क्षेत्रमा नयाँ खुसी ! गीत बजाए वापत सवारीसाधनले रोयल्टी तिर्नुपर्ने - Himal Post Himal Post
  • २३ माघ २०८२, बिहीबार
  •      Thu Feb 5 2026
Logo

सङ्गीत क्षेत्रमा नयाँ खुसी ! गीत बजाए वापत सवारीसाधनले रोयल्टी तिर्नुपर्ने



काठमाडौं– नेपाली संगीत क्षेत्रकालागी एउटा खुसीको खबर थपिएको छ । अबदेखि सबै सार्वजनिक सवारी साधनले गीत बजाए वापत अनिवार्य रुपमा शुल्क तिर्नुपर्ने भएको छ। प्रतिलिपि अधिकार ऐन अनुसार उनीहरुलाई रोयल्टीको दायरामा ल्याइएको हो।

यातायात व्यवस्था विभागका अनुसार, अब संगीत रोयल्टी चुक्ता गरेको प्रमाणपत्र बुझाएपछि मात्र यातायात नवीकरण हुनेछ। नेपाल संगीत उद्योग संघको पहलमा आइतबारदेखि यस्तो प्रावधान लागू गरिएको हो। निजी सवारी साधनले भने रोयल्टी तिर्नुपर्ने छैन।

विभागका अनुसार, ठूला बसले वार्षिक २ हजार तथा मिनीबसले १४ सय रुपैयाँ रोयल्टी बुझाउनुपर्ने हुन्छ। माइक्रोबस र ट्याक्सीलाई एक हजार रुपैयाँ तोकिएको छ। यस्तै, ट्रकलाई १२ सय तथा भ्यानलाई ९ सय रुपैयाँ निर्धारण गरिएको छ।