विन्ध्यवासिनी म्युजिक अवार्डको नवौँ संस्करण भोली, विभिन्न विधाहरूमा कलाकारले अवार्ड पाउने - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

विन्ध्यवासिनी म्युजिक अवार्डको नवौँ संस्करण भोली, विभिन्न विधाहरूमा कलाकारले अवार्ड पाउने



समीर प्रकाश पाण्डे

विगत ८ वर्ष देखि निरन्तर अवार्ड गर्दै आएको र हरेक कलाकारको पहिलो रोजाई रहेको विन्ध्यवासिनी म्युजिक प्रालि र विन्ध्यवासिनी फाउन्डेसनको नवौँ संस्करणको रम पम विन्ध्यवासिनी म्युजिक अवार्ड यस पटक पनि भव्य रूपमा सम्पन्न हुँदै छ। राजधानीको कमलादी अवस्थित प्रज्ञा प्रतिष्ठानमा हुने उक्त अवार्डमा विभिन्न ३१ विधामा फारम भर्ने टप ५ कलाकार मध्ये ३१ जनालाई अवार्ड वितरण गरिने भएको छ।गत वर्षहरूमा भन्दा अझ भव्य रूपमा अवार्ड हुने विन्ध्यवासिनी म्युजिकका सञ्चालक तथा अवार्डका संयोजक सुवास रेग्मीले जानकारी दिनुभयो। अवार्डको गरिमा घट्दै गए पनि विन्ध्यवासिनी म्युजिक अवार्डको गरिमा भने सधैँ उस्तै रहेको देख्न सकिन्छ।अग्रज देखि अनुज सम्मका कलाकारहरूलाई स्थान दिएर उक्त अवार्ड हुने गर्दछ।

विन्ध्यवासिनी म्युजिकका सञ्चालक भन्छन् ‘भोटले मात्रै जितिने अवार्ड हैन हो यो ,नत जुरीले मात्रै दिएको नम्बरले पुग्छ हामीले सबैको सल्लाह र सँगै उहाहरुको एल्बमको मूल्याङ्कन गर्दै निर्णायकले दिएको ५० प्रतिशत,म्यासेजमा आएको भोटको आधारमा ४५ प्रतिशत र हामी आयोजक टिमले दिएको ५ प्रतिशत भोट जोडिने छ र सोही अनुसार एक सही कलाकारले अवार्ड हात पार्ने छन्’।

गत वर्षहरूमा जस्तै यस वर्ष पनि विन्ध्यवासिनी फाउन्डेसनले नगद १ लाख रुपैयाँसहितको ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड–२०७५’ बाट सङ्गीतकार शक्ति बल्लभ श्रेष्ठलाई सम्मान गर्ने भएको हो।गत वर्षहरूमा पनि विन्ध्यवासिनीले अग्रज देखि समकालीन कलाकारहरूलाई समेत यस अवार्डमा समेटी रहेको देख्न सकिन्छ।

फाउन्डेसनकी अध्यक्ष लिन शर्मा रेग्मीको अनुसार चार दशकभन्दा लामो समयदेखि निरन्तर योगदान पुर्‍याउँदै आएका कारण शक्ति बल्लभलाई सम्मान गर्न लागिएको र उहाँको योगदानको कदर गरिएको जानकारी प्राप्त भएको छ।

यस पटक १५ हजार ५१५ रुपैयाँको ‘सङ्गीत रत्न सम्मान–२०७५’ सहित गायक सुगम पोखरेल सम्मानित हुनेछन् । सोही कार्यक्रममा २५ हजार ५२५ रुपैयाँसहितको ‘कला पत्रकारिता सम्मान’ बाट रमण घिमिरे र १० हजार १ रुपैयाँसहितको चलचित्र सम्मानबाट निर्देशक मीन भीमलाई सम्मानित गरिने भएको छ ।

‘हामीले जय गीत जय सङ्गीतको नारासहित पैसा कमाउने उद्देश्यले नभई नेपाली गीत सङ्गीत र स्रष्टा सम्मानका लागि विन्ध्यवासिनी फाउन्डेसनले यो अवार्डको आयोजना गर्दै आएको हो’ संयोजक रेग्मीले भने, ‘अवार्डलाई पहिलेझैँ सभ्य र भव्य ढङ्गले सम्पन्न गर्नेछौँ ।