९ दिने शिशुको मुसाले टोकेर मृत्यु - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

९ दिने शिशुको मुसाले टोकेर मृत्यु



काठमाडौं । भारतको बिहारमा मुसाले टाकेर ९ दिने शिशुको मृत्यु भएको छ । मृतक बच्चाको परिवारले अस्पतालमा भर्ना गराएको ९ दिने शिशुको मुसाले टोकेर मृत्यु भएको हो ।

यो घटना बिहारको डीएमसीएच अस्पतालस्थित शिशु विभागको हो । मधुवनीको नजरा गाउँकी वीणा देबीले आफ्नो ९ दिने शिशुको उपचारको लागि अस्पतालको शिशु विभागमा भर्ना गराएका थिए । तर जब बिहान ४ देखि ५ बजेको समयमा उनीहरु शिशु हेर्न पुगे त्यहाँ शिशुलाई मुसाले टोकिरहेको थियो ।

त्यसपछि उनीहरुले चिच्याएपछि अस्पतालका एक कर्मचारी आएर मुसा भगाए । त्यो समयसम्म बच्चाको मृत्यु भईसकेको थियो । घटनापछि अस्पताल प्रशासनले बच्चाको अवस्था एकदमै नाजुक रहेको बताएको छ । उसो त अस्पताल प्रशासले परिवारले लगाएको आरोपको खण्डन पनि गरेको छैन ।

शिशु विभागका डाक्टर ओम प्रकाशले शिशु विभागमा मात्र नभएर अस्पतालमा समेत मुसाको आतंक रहेको बताएका छन् । मुसाबाट बच्ने र मुसा मार्ने बिभिन्न उपायहरु अपनाउदा पनि मुसाको निराकरण हुन सकेको छैन । अब परिवारले अस्पतालाई कारबाहीको माग गरेका छन् ।