मुसहर बस्ती निर्माणको लागि धुर्मुुस सुन्तली फाउण्डेशनलाई अमेरिकाबाट २ करोड सहयोग - Himal Post Himal Post
  • ५ माघ २०८२, आईतवार
  •      Sun Jan 18 2026
Logo

मुसहर बस्ती निर्माणको लागि धुर्मुुस सुन्तली फाउण्डेशनलाई अमेरिकाबाट २ करोड सहयोग



काठमाडौँ, चैत २१ ।

महोत्तरीको बर्दिवासमा एकीकृत मुसहर बस्ती निर्माण गरिरहेको धुर्मुस सुन्तली फाउण्डेशनले बस्ती निमाणार्थ २ करोड १० लाख रुपैयाँ सहयोग प्राप्त गरेको छ ।

बस्ती हस्तान्तरण गर्न १० दिन बाँकी रहँदा अमेरिकाको मिनेसोटामा रहेका नेपालीहरूको ‘एसोसिएसन अफ नेपाली इन मिनेसोटा’ नामक संस्थाले उक्त रकम सहयोग गरेको हो ।

सहयोग रकम हस्तान्तरणका लागि नेपाल आएका एसोसिएसनका बोर्ड मेम्बर अनिल रायमाझी र स्विटी सिंहले बस्ती निर्माणस्थल मै पुगेर उक्त रकम फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेललाई हस्तान्तरण गरेका हुन् । सहयोग रकम हस्तान्तरण पछि पत्रकारहरूसँग कुराकानी गर्दै एसोसिएसनका बोर्ड मेम्बर रायमाझीले भने, ‘ धुर्मुस सुन्तलीको कामबाट हामी प्रभावित भएर सहयोग गरेका हौँ । उहाँहरू जस्तो मान्छेलाई सहयोग दिन पाउँदा हामी निकै खुसी छौँ ।’

सहयोग प्राप्त गरिसकेपछि बोल्दै फाउण्डेशनका अध्यक्ष कट्टेलले भने, ‘अब ढुक्कले बस्ती हस्तान्तरण गर्न सक्ने भएका छौँ, सहयोगका लागि मिनेसोटा बासी सहयोगीहरूलाई हृदयदेखी नै धन्यवाद दिन चाहन्छौँ, परियोजनाको १० दिन बाँकी रहँदा यति ठूलो सहयोग रकम आयो, जुन हामीले कल्पना समेत गरेका थिएनौँ, सत्कर्म गर्दै अगाडि बढ्दा सहयोग जुट्ने रहेछ । ’