मुनाले गरिन उमेद्बारीको घोषणा,सबैको सहयोग पाउने आशा - Himal Post Himal Post
  • २८ पुष २०८२, सोमबार
  •      Mon Jan 12 2026
Logo

मुनाले गरिन उमेद्बारीको घोषणा,सबैको सहयोग पाउने आशा



नेपाली लोक गित संगीत प्रेमी  दर्शक श्रोताहरुका लागी र कलाकारहरुका लागी मुना थापा मगर को नाम नौलो होला भन्न पक्कै पनि सकिदैन ।२०६० साल बाट लोक दोहोरी क्षेत्रमा प्रबेश गरेकी मुना छोरी एल्बमबाट चर्चा को सिखर चुम्दै आज सम्म धेरै  गीतहरुमा आवाज भर्न सफल भएकी  छन् ।

यही असोज  ८ ९ र १० गते काठमाण्डौको कमलादीमा हुन गैरहेको राष्ट्रीय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल केन्द्रिय समितीको लागी छैटौ माधिवेसनबाट भने नौलो हुने करीब निस्चित छ ।किनभने मुना थापाले सामाजिक सन्जालबाट आफु पनि उमेद्बार बन्ने औपचारिक घोषणा गरे लगत्तै धेरै प्रतीनिधीहरुले समर्थन गरेका छन । हुनत मुना थापा मगर यस अघी पनि  राष्ट्रीय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल कमलादी समिती सदस्य भैसकेकी थिइन  ।

                                                                               नमस्कार ।
म लोक तथा दोहोरी गायिका मुना थापा मगर !muna_thapa-magar
राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपालको यहि आश्विन ८, ९ र १० गते काठमाण्डौमा हुन गईरहेको अधिबेसनमा मैले पनि केन्द्रिय सदस्यमा उमेद्वारी दिने सोच बनाएको छु । जसको लागि मलाई हजुरहरुको सहयोग र साथको खाचो रहने छ । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल लगायत राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपालका देशभरि रहनुभएको जिल्ला कार्य समिती, अञ्चल कार्य समिती, क्षेत्रिय कार्य समिती, उपत्यका समन्वय समिती र अन्तराष्ट्रिय कार्य समिती लगायत मेरा सम्पुर्ण सम्माननिय अग्रज कलाकार दाई र दिदीहरु, मेरा समकालिन कलाकार साथीहरु, बिदेश बाट आउनुहुने सम्पुर्ण प्रतिनिधी ज्युहरु र मलाई माया गर्नुहुने हजुरहरु सम्पुर्णलाई मेरो यस सानो अनुरोधलाई सहयोग गरिदिनुहुन हार्दिक अपिल गर्दछु । आगामी दिनमा लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाललाई अझै शसक्त रुपले अगाडी बढाउन र यस क्षेत्रमा भएका कमि कमजोरीहरुलाई सुधार्दै संगठनलाई अझै बलियो बनाउने भुमिका खेल्नेछु भनि हजुरहरुलाई बिश्वास दिलाउन चाहान्छु । म प्रति हजुरहरुलाई बिश्वास छ भने आ आफ्नो ठाऊबाट हजुरहरुले सक्ने सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु । धन्यबाद ।