गायिका मुना थापा मगरमाथि छड्के - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

गायिका मुना थापा मगरमाथि छड्के



प्रस्तुति:- समीर प्रकाश पाण्डे

मुना थापा मगर नेपाली लोकसाङ्गीतिक क्षेत्रको स्थापित सफल गायिका हुन्। सुमधुर आवाजकी धनी मगर २०६० मा “केबुलकारमा गेट” गीतको बोलबाट लोकगायन क्षेत्रमा प्रवेश गरेकी हुन्। अहिलेका जल्दाबल्दा लोककलाकारहरूको अग्रपङ्क्तिमा आउने उनी गोरखाको मनकामना-९ लामाछापमा जन्मिएकी हुन्।
गायिका मुनाका धेरैजसो मार्मिक तथा भावुक गीत गाएर दर्शक तथा श्रोताहरूको मन जित्न सफल भएकी छिन्। उनको पहिलो एकल गीतिसङ्ग्रह “छोरी” मा समेटिएको- (चिसो चिसो हावा सररररर) ले अझै उनको गायन क्षेत्रमा गतिलो इँटा थप्‍न पुग्यो।

पछिल्लो समय बिभिन्न देशमा स्टेज सोमा व्यस्त गायिका मुना थापामगर अविवाहित छिन्। आज हामी उनै चर्चित गायिका मुना थापा मगरको हाल सञ्चालनमा रहेको आधिकारिक फेसबुक एकाउन्ट चेक गर्दैछौँ।

गायिका मुना थापा मगरको समाजिक सञ्जाल फेसबुक चेक गर्दा खासै अरू कलाकारहरूका गीतहरू सेयर गरेको देखिँदैन पछिल्ला पोस्टहरूमा उनले आफ्नो टिकटक बनाई सेयर गरेकी छन्। यो समाचार तयार पार्दासम्म उनको फेसबुकमा पाँच हजार साथी छन् भने ५१,५६६ फलोवर छन्। उनको पहिलो फोटो डिसेम्बर ३१, २०११ मा पोस्ट भएको छ जुन फोटोमा ४८७ लाइक र ६४ कमेन्ट रहेको छ उक्त तस्बिर ३७ सेयर भएको छ। त्यस्तै दोस्रो फोटोमा ३८२ लाइक छ अनि ७३ कमेन्ट रहेको छ। हाल भने उनको प्रोफाइलमा आफ्नै सिङ्गल तस्बिर छ भने कभर फोटो २१ अगष्ट २०१८ मा मेरो भगवान्, मेरो खुशी, मेरो संसार लेखेर अपलोड भएको छ।

प्रस्तुत छ, गायिका मुना थापा मगरको फेसबुक स्टाटस ,फोटोहरूलाई निकै फलो गर्ने नेपाली लोक तथा दोहोरी क्षेत्रमा सक्रिय सफल गायिका सम्झना लामिछाने मगरसँग गायिका मुनाक‍ो बिषयमा गरिएको छोटो कुराकानी: –

१) मुना थापा मगर र तपाईँको सम्बन्ध कस्तो छ ?
-दिदीको र मेरो सम्बन्ध हामी साथी-साथी भन्दा पनि दिदीबहिनीको जस्तै गाढा सम्बन्ध छ।

२) मुना थापा मगरसँगको कुनै एउटा रमाइलो क्षण सम्झनु पर्दा?
-दिदीसँगै बिताएको रमाइलो क्षण त, कार्यक्रमको सिलसिलामा दिदी अमेरिका हुँदा म युरोप थिएँ, त्यो बेला हामी सामाजिक सञ्जालमा दुःखसुखका कुरा गरेर बिताउँथ्यौ तर रमाइलो भन्दा पनि खुसीको क्षण, मेरो बाबुको पास्नीमा दिदी उपस्थित हुन नसक्दा पनि हामीलाई सम्झेर कोसेली पठाउनु भएको थियो त्यो नै मेरा लागि विशेष दिन छ।

३) मुना थापा मगरको गायनमा जे छ त्यो तपाईसँग के छैन जस्तो लाग्छ?
— दिदीको जस्तै सुरिलो आवाज त्यति मेलोडि स्वर मेरो छैन जस्तो लाग्छ मलाई। दिदीको स्वरलाई सम्मान गर्छु म।

४) मुना थापा मगरका लागि श्रीमान् खोज्दिन परो भने कस्तो रोज्दिनुहुन्छ?
– दिदी धेरै सोझी धेरै बोल्नुहुन्न र मनको पनि एकदम सफा हुनुहुन्छ। उहाँले मेरो जस्तै श्रीमतीलाई सधै सपोर्ट गर्ने माया र इज्जत दिन सक्ने श्रीमान् पाउनुभयो भने राम्रो हुन्छ, मैले खोज्नु परे पनि मेरो बूढाजस्तै श्रीमान् खोजीदिन्छु दिदीका लागि।

५) फेसबुकमा कहिलेबाट जोडिनु भयो पहिलो म्यासेज कस्ले गरेको थियो याद छ?
— दिदीसँग फेसबुकमा साथी त कहिले भइयो त्यो त याद भएन तर पहिलो म्यासेज “झोर्ले” भनेर मैले पठाउँदा, दिदी त्यति मात्रै आफ्नो भाषा सबै जान्नुपर्छ है भन्नु भएको थियो। त्यसपछि हामी अहिले लगभग सधैँ बोल्छौँ।

अन्त्यमा,
मलाई मुना दिदीको बारे केही कुरा राख्‍ने अवसर दिनुभएकोमा हिमाल पोस्टलाई धेरैधेरै धन्यवाद।