अन्तिम ओभरको कमजोरीले कोहलीको टीमले फेरी हार्‍यो - Himal Post Himal Post
  • ८ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 24 2024
Logo

अन्तिम ओभरको कमजोरीले कोहलीको टीमले फेरी हार्‍यो



एजेन्सी । घरेलु टोली मुम्बई इन्डियन्सले १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरलाई पराजित गरेको छ ।  सोमबार भएको खेलमा मुम्बईले बैंगलोरलाई ५ विकेटले पराजित गरेको हो ।

वान्खडे क्रिकेट स्टेडियममा बैंगलोरले दिएको १७२ रनको लक्ष्य घरेलु टोलीले १९ ओभरमा मात्र ५ विकेट गुमाएर पुरा गर्यो । मुम्बईको जितमा क्विनटन डी ककले ४० रन जोड्दा हार्दिक पाण्डयाले अविजित ३७ रन जोडे  ।

यस्तै सूर्यकुमार यादवले २९ र कप्तान रोहित शर्माले २८ रन बनाए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले पुरै २० ओभर खेल्दै ७ विकेट गुमाएर १७१ रन बनाएको थियो ।

बैंगलोरका लागि एबी डी भिलियर्स र मोइन अलीले अर्धशतकीय इनिङ्स खेले । डी भिलियर्सले ७५ रन जोड्दा अलीले ५० रन बनाए । पार्थिव पटेलले २८ रन बनाए ।

मुम्बईका लाथिस मालिंगाले ४ विकेट लिए ।